Home / Feature Breaking news / राष्ट्रिय सभा निर्वाचन सकियो, पाँच नम्बरमा २ जना अनुपस्थित

राष्ट्रिय सभा निर्वाचन सकियो, पाँच नम्बरमा २ जना अनुपस्थित

दाङ, २४ माघ
प्रदेश नं. पाँचको राष्ट्रियसभा सदस्यको निर्वाचनमा २ जना अनुपस्थित भएका छन् । प्रदेश नं. ५ मा १२ जिल्लाका ३ सय ५ जना मतदाता रहेकोमा २ जना अनुपस्थित भएको निर्वाचन अधिकृतको कार्यालयले बताएको छ । प्रदेशसभा तर्फ ८७ र स्थानीय तहबाट २ सय १८ मतदाता रहेकोमा १ जना प्रदेश सांसद र १ जना स्थानीय तहका प्रतिनिधी अनुपस्थित भएको निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिए ।

जसमा बाँकेको नरैनापुर गाँउपालिकाका अध्यक्ष ईत्तिहाद अहमद शाह र राजपाका सासद विन पन्त अनुपस्थित भएका हुन् । शाह विरामी भएका कारण भारतमा उपचाररत भएकाले नआएको र पन्त पार्टिभित्रको आन्तरिक विवादका कारण समानुपातिक सांसद भएपनि सपथ नलिएको बताईएको छ ।

प्रदेशसभा सदस्य तर्फ पहिलो मत गुल्मी जिल्लाबाट प्रतिनिधित्व गर्ने कमलराज श्रेष्ठ र गीता थापाले मतदान गर्नुभएको थियो । यस्तै स्थानीय तह तर्फपनि गुल्मी जिल्लाकै रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसाल र उपमेयर सीता भण्डारीले मतदान गरेको निर्वाचन अधिकृतको कार्यालयले बताएको छ ।

घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान भएको थियो । जम्मा ८ सिटको लागि ११ जनाले उम्मेदवारी दिएकोमा ३ जना महिला यस अघि नै निर्विरोध निर्वाचित भैसकेका छन् भने वाँकी ५ सिटको लागि ८ जना चुनावी मैदानमा छन् ।

म्तदानामा उत्साहपूर्ण रुपमा सांसद एवं स्थानीय तहका प्रमुख यपप्रमुखहरुको सहभागिता रहेको थियो । उनीहरुलाई जिल्लाका स्थानीय तहदेखी सामाजिक संघसंस्थाले तुल ब्यानरसहित स्वागत गरेको थिए भने संयुक्त रुपमा एक कार्यक्रमको आयोजना गरि जिल्लामा आएका अन्य जिल्लाका अतिथिहरुलाई स्वागत सम्मान गरिएको थियो । यद्यपी भारतीय नम्बर प्लेटका गाडीमा जनप्रतिनीधीहरु मतदानकालागि आएको भन्दै असन्तुष्टि सहित गुनासो प्रसस्त सुनिन्थ्यो ।

म्तगणना सकिएसँगै पतपेटिकाहरु मतगणना स्थलमा लगीएको छ । निवाचन अधिकृतको कार्यालय अर्थात जिल्ला अदालतमा मतगणना गर्ने तयारी गरिएको छ । केही बेरमै सर्वदलिय बैठक बस्दै छ । साढे ४ बजेदेखी ५ बजेसम्म मतगणना सुरु गर्ने तयारी रहेको निर्वाचन अधिकृतको कार्यालयले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*