Home / Feature Breaking news / करमकोटमा पहिलोपटक गाडी पुग्यो, जनश्रमदानमा सात किलोमिटर सडक निर्माण

करमकोटमा पहिलोपटक गाडी पुग्यो, जनश्रमदानमा सात किलोमिटर सडक निर्माण

दाङ, २१ माघ
घोराही उपमहानगरपालिका वडा नम्बर १ को करमकोटमा पहिलोपटक गाँडी पुगेको छ । यस ठाँउमा शनिवार पहिलोपटक गाडी पुगेको हो । स्थानीयबासीहरुको श्रमदानबाट ७ किलोमिटर सडक निर्माण भएपछि यस सडकमा गाडीहरु चल्न सुरु गरेका हुन् ।

घोराही उपमहागरपालिका वडा नम्बर २ सुनपुरदेखी वडा नम्बर १ को करमकोट ७ किलोमिटर सडकखण्ड करिब ७ लाखको लगानीमा स्थानीयबासीहरुले निर्माण गरेका हुन् । सडकको शनिवार एक कार्यक्रमको आयोजना गरि उद्घाटन गरिएको छ ।

22

सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष भिमबहादुर घर्तिको अध्यक्षता एवं नेपाली कांग्रेसका जिल्ला सचिव शंकरप्रुाद डाँगीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले अझैपनि उप–महानगरपालिकाबासीहरुले सहज रुपमा सडक यातायात प्रयोग गर्न नपाएको भन्दै यसमा स्थानीय तहले ध्यान दिन अनुरोध गर्नुभयो ।

3

जिल्लाको पहाडी क्षेत्रमा अझैपनि विकास हुन नसकेको भन्दै विकासका पूर्वाधारहरुबाट वञ्चीत हुनुपरेको स्थानीयबासीहरुले गुनासो गरेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रीय सभापति भुपबहादुर डाँगी, क्षेत्रीय सचिव कमल गौतम, नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रिय उपाध्यक्ष बमबहादर डि.सी,  माओवादी केन्द्रका घोराही उपमहानगरपालिका दाङ जिल्ला सहईन्चार्ज निर्मल आचार्य, माओवादी केन्द्रका घोराही उपमहानगरपालिका उपाध्यक्ष प्रमोद शर्मा, कांग्रेसका रामपुर ईकाई सभापति रेवति शर्मा, वन समितिका अध्यक्ष डोमा घर्तिले मन्तव्य राख्नुभएको थियो ।

निमबहादुर थापाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा सडक निर्माणबारे टेकन भण्डारीले जानकारी गराउनुभएको थियो । कार्यक्रमको सहजिकरण श्रीधर पन्तले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*