Home / Feature Breaking news / निर्वाचित भएसँगै यस्तो आयो राष्ट्रिय सभा सदस्य अनिता देवकोटाको विज्ञप्ती (हेर्नुस् पूर्ण पाठ)

निर्वाचित भएसँगै यस्तो आयो राष्ट्रिय सभा सदस्य अनिता देवकोटाको विज्ञप्ती (हेर्नुस् पूर्ण पाठ)

प्रेस विज्ञप्ती

सर्वप्रथम पाँच नम्बर प्रदेशबाट प्रतिनिधित्व गर्दै राष्ट्रिय सभा सदस्यको रुपमा जनताको सेवा गर्ने अवसर प्रदान गर्नुभएकोमा श्रद्धेय पार्टि सभापति, वरिष्ठ नेता, पदाधिकारी एवं नेपाली कांग्रेसको सम्पूर्ण केन्द्रिय सदस्य ज्यूहरु प्रति हार्दिक धन्यवाद एवं आभार प्रकट गर्दछु । विगतमा संविधानसभा सदस्यको रुपमा रहेर संवधिान निर्माणमा हासिल गरेको अनुभवलाई संविधान कार्यान्वयनको चरणमै गठित पहिलो राष्ट्रिय सभामा यस प्रदेशबाट प्रतिनिधित्व गर्दै जनसेवामा सर्मपीत गर्न पाउनुलाई ठुलो अवसरको रुपमा लिएकी छु । यो अवसरलाई संविधान कार्यान्वयन र जनसेवामा पूर्णतया समर्पीत गर्नेछु ।

मुलुकमा नयाँ संविधान कार्यान्वयनको चरणमा रहदा अब हाम्रो प्रमुख लक्ष्य नागरिकलाई लोकतन्त्रको प्रत्याभुति प्रदान गर्दै सम्मानपूर्ण जनजिवीकाको ग्यारेण्टी गर्नुनै हो । यो लक्ष्य जननायक विश्वेश्वरप्रसाद कोईरालाले परिकल्पना गर्नुभएको प्रजातान्त्रीक समाजवादमार्फत आर्थिक समृद्धि हासिल गरेरमात्र पुरा हुन्छ मेरो दृढ मान्यता छ । विपी कोईरालाको त्यही मूल सिद्धान्तमा समर्पीत रही यो प्रदेश र समग्र राष्ट्रका शोषित,पिडीत,उत्पीडित जनताको सेवामा यो कार्यकाल समर्पीत गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।

साथै ५ नं. प्रदेशको अस्थायी मुकाम तोकीदा यो भुगोललाई अन्याय परेको हामी सवैले महसुस गरेका छौ । दाङलाई स्थायी प्रादेशिक राजधानी वनाएर यो भुगोललाई न्याय प्रदान गर्न प्रदेश सभा सदस्यहरुले विवेक सम्मत निणर््ाय गर्नु हुनेछ भन्ने मेरो विश्वास छ । दाङलाई स्थायी प्रादेशिक राजधानी वनाउने हाम्रो अभियानमा अझ दृढताका साथ उभिएर प्रदेश सभालाई त्यो निर्णय गराउन आफ्नो सम्पुर्ण दाइत्व पुरा गर्ने पनि प्रतिवद्धता व्यक्त गर्दछु ।

अन्त्यमा राष्ट्रिय सभाको निर्वाचनमा मेरो उमेद्वारीमा तथा निर्वीरोध निर्वाचित हुनमा समेत सहयोग गर्ने सम्पूण पार्टि पंक्ती, प्रस्तावक, समर्थक, निर्वाचन समिति र पाँच नम्बर प्रदेशका सम्पूर्ण मतदाता एवं आमजनसमुदायमा पुनः धन्यवाद एवं कृतज्ञता व्यक्त गर्दछु ।

                   

अनिता देवकोटा, दाङ
२०७४÷१०÷१५

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*