Home / Feature Breaking news / जिससद्धारा खोला उत्खनन्को अनुगमन

जिससद्धारा खोला उत्खनन्को अनुगमन

दाङ १४ माघ
जिल्ला समन्वय समिति दाङले घोराहीउपमहानगरपालिका १८ को कटुवा खोला क्षेत्र भएको उत्खनको अनुगमन गरेको छ । समितिले अवैध रुपमा ढुगा, गिटटी उत्खननगर्दै गरेका २ वटा टेक्ट्ररलाई समेत नियन्त्रणमा लिएको थियो ।

अम्बापुर खानेपानीउपभोक्ता समितिले अवैध रुपमाउत्खननभएको र खानेपानीको क्षतीभएको भन्दै रोक्नमाग गरेर जिल्ला समन्वय समितिको ध्यानाकर्षण गराएको थियो । आइतवार जिल्ला समन्वय समितिप्रमुखजितेन्द्रमान नेपालीनेतृत्वकोप्राविधक सहितको टोलीले त्यस क्षेत्रको अनुगमन गरेको हो । ‘ंअ‍ैवध रुपमा र ढुंगा गिटटी बालुवाउत्खननभएको रहे छ’ जिल्ला समन्वय समितिकाप्रमुख नेपालीले भने ‘ उत्खननले खानेपानीकोमुहान र संरचनामा समेत असर गरेको छ ।’

उत्खनन क्षेत्र जिल्ला समन्वय समितिले ठेक्कालगाएको भन्दाबाहिरको क्षेत्र समेत हो ।अनुगमनमाजिल्ल्ला समन्वय समितिकाउपप्रमुखश्रीधरशर्मा पौडेल, इञ्जिनियर सुर्य रावत र नासु डा गोविन्दआचार्यको सहभागिताथियो ।

कर्मचारीसँग छलफलः
जिल्ला समन्वय समितिले कर्मचारी व्यवस्थापन र समस्याकाबारेमाकर्मचारीसँग छलफल गरेको छ । स्थानीयतहमा पठाउने कर्मचारी र कर्मचारीका समस्याकाबारेमा छलफल भएको जिल्ला समन्वय समितिकाउप्रमुखश्रीधर शर्मा पौडेलले वताए ।स्थानीयतहले कर्मचारीकोअभावमाकामगर्न गा्रहो भएको गुनासो गर्दै आएका छन् ।

तर जिल्ला समन्वय समितिमा दरबन्दीभन्दा धेरै कर्मचारीकार्यरत छन् । कर्मचारी व्यवस्थापनको लागिजिल्ला समन्वय समितिकाउपप्रमुखश्रीधर शर्मा पौडेलको संयोजकत्वमायस अघि समिति समेत गठन भएको थियो ।छलफल जिससप्रमुख नेपालीको अध्यक्षतामाभएको थियो । जिससउपप्रमुखशर्मा पौडेलले विषयप्रवेश गराएकाथिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*