Home / मनोरञ्जन / संगीतमा जम्दै दंगाली पोषण

संगीतमा जम्दै दंगाली पोषण

दाङ, १२ माघ ।

नेपाली गीत संगीतका क्षेत्रमा अघि बढ्दै गरेको सर्जकको नाम हो पोषण डागी । तुलसीपुर उपमहानगरपालिका–१४ पहली निवासी डागी लोक गीत संगीतका क्षेत्रमा गायन र संगीत विधालाई एकै साथ अघि बढाई रहेका छन । लोक गीतप्रतिको माया सम्पर्णका कारण फरक पेशा भएपनि आफु सागीतिक क्षेत्रमा संक्रिय रहेको बताउने गर्छन ।

‘बिछोडको पीडा।।’ नामक लोक दोहारी गीतमा स्वर दिएर नेपाली लोक दोहारी गीतसंगीतका क्षेत्रमा प्रवेश गरेका डागीका करिव एक दर्जन बढि गीतहरु बजारमा आईसकेका छन । त्यसका अलाव थुप्रै गीतहरुको शव्द संकलन तथा संगीत समेत गरेका छन । बुवा खड्गबहादुर डागी र आमा जानकी डागीको कोखवाट ०४७ साल माघको १० गते कान्छो छोराका रुपमा जन्म लिएका थिए । आफुलार्ई बाल्यकाल देखिनै सांगितिक क्षेत्रप्रति मोह बढ्दै गएको बताउने गायक तथा संगीतकार डागी अहिले लोक गीतसँगै आधुनिक गीतहरु गाउन थालेको बताउछन ।

लोक गीतप्रतिको मोहका कारण गाउघरमा हुने पुजापाठसँगै विद्यालयमा हुने हरेक कार्यक्रममा सहभागी हुने गरेका डागी अहिले मेला महोत्सवमा गाउँ थालेको बताउछन । ‘सरकारी जागिरेका कारण भनेको समयमा बाहिर निष्कन पाईदैन’, उनी भन्छन–‘तर पछिल्लो समय गीतहरु चर्चामा आएपछि धेरै ठाउँहरुवाट खवर आउने गरेको छ । ’ डागी पेशाले नेपाल प्रहरी हुन । हाल उनी सुर्खेत जिल्ला प्रहरी कार्यालयमा कार्यरत छन । आफनो पेशा र रुचि फरक भएपनि आफुले दुवैलाई संगसँगै अघि बढाएर लैजाने सोचमा रहेको समेत उनी बताउछन । साविक तुलसीपुर उपमहानगरपालिकोको भोजपुरमा पर्ने बालमितेरी माध्यामिक विद्यालयवाट एसएलसीपास गरेका डागीका ‘राती राती सिरानी च्याप्नी बनायौ।।।’, ‘म बिनाको जीवन।।’, ‘रैछेउ तिमी घाती।।।’,‘दाङ घोराही बजार।।’लगायतका दर्जनौ लोक गीतहरु बजाईमा आईसकेका छन ।

दर्जनौ गीतहरु मध्य आफुलाई ज्याति मगरसँगै गाएको ‘राती राती सिरानी च्याप्नी बनायौ।।।’, ‘म बिनाको जीवन।।’ बोलको गीतले चर्चामा ल्याएको उनी बताउछन । गाउँले अग्रज लोक गायक मदन डागीको प्रेरणाले लोक संगीतको क्षेत्रमा प्रवेश गरेको बताउने डागी अहिले सहकर्मी साथी सुरज रावलसँगसगै अघि बढिरहेको बताउछन । डागीका लोकदोहरीसँगै आधुनिक गीतहरु आउने तयारीमा रहेको बताए । उनलाई गायनमा आफनै गाउँ निवासी संगीतिक क्षेत्रमा संक्रिय मधुसुदन डागीले काठमाण्डौवाट सहयोग गरिरहेको बताउछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*