Home / Feature Breaking news / प्रदेश पाँचमा माओवादीका उमेद्वार कुवर विरुद्ध उजुरी

प्रदेश पाँचमा माओवादीका उमेद्वार कुवर विरुद्ध उजुरी

दाङ, १२ माघ
राष्ट्रियसभा सदस्यका लागि ५ नं प्रदेशबाट अपाङ्ग तथा अल्पसंख्यकको कोटामा उम्मेदवारी दिएका नेकपा (माओबादी) केन्द्रका उम्मेदवार राजकुमार कुवरका बिरुद्ध नेपाली काँग्रेसका उम्मेदवार लुटबहादुर खत्रीले उजुरी दर्ता गराएका छन् ।

खत्रीले कुवरलाई यस अघि प्रदेश सभा निर्बाचनको समानुपातिकको बन्दसुचीमा नाम समाबेश गरेकाले निर्बाचन नियमाबली अनुसार उम्मेदवार बन्न अयोग्य भएको जिकिर गरेर उजुरी दर्ता गराएको ५ नंबर प्रदेश निर्बाचन कार्यालयका निर्बाचन अधिकृत हेमन्त रावलले वताए । उनका अुनसार उजुरी उपर अध्ययन गरेर माघ १३ गते ५ बजेसम्म अन्तिम निर्णय लिइने छ

५ नंबर प्रदेसबाट राष्ट्रिय सभामाको लागि ८ सदस्यका लागि ११ जनाको उमेद्वारी परेको छ । तिन जना ३ महिला कोटामा ३ जना महिला मात्रको उम्मेदवारी परेको छ । महिला सदस्यका लागि काँग्रेसवाट अनिता देवकोटा, नेकपा (एमाले)वाट कोमल ओली र मिना बुढाको मात्र उम्मेदवारी परेको छ । उनीहरुका बिरुद्घ दाबी बिरोध नपरेकाले निर्बाचन कार्यक्रम अनुसार उनीहरुलाई १५ गते निर्बाचन कार्यालयले निर्बिरोध निर्बाचित भएको घोषणा गर्ने भएको छ ।

खुलासदस्यमा नेकपा ( एमाले) ले खिमलाल भट्टराई माओबादी केन्द्रले चन्द्रबहादुर खड्का, नेपाली काँग्रेसले दुर्गा प्रसाद उपाध्याय र राष्ट्रिय जनमोर्चाले रश्मीराज (नेपाली)को उम्मेदवारी परेको र कसैले पनि उम्मेदवारी फिर्ता नलिएमा निर्बाचन हुने निर्वाचन कार्यालयले जनाएको छ । दलित तर्फ १ सदस्यमा एमालेका राम लखन चमार र नेपाली काँग्रेसबाट मैकुलाल बाल्मीकी उम्मेदवारी परेको छ ।
जततउस्ररचबउतष्कबल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*