Home / Feature Breaking news / थारु संस्कृति व्यवसायिक हुन आवश्यकः गौतम

थारु संस्कृति व्यवसायिक हुन आवश्यकः गौतम

देवी भण्डारी
घोराही, ११ माघ

नेपाल पत्रकार महासंघ दाङका सल्लाहकार सुदिप गौतमले थारु कला संकृतिको व्यवसायीकरण हुन आवश्यक भएको बताउनुभएको छ । विहीवार थारु पत्रकार संघले घोराहीमा आयोजना गरेको ‘थारु कलाकारको पहिचान’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले थारु कला संस्कृतिको सम्मान भएपनि व्यावसायिकरण नहुँदा थारु संकृति पछि परेको उहाँको भनाई छ । साथै यसतर्फ ध्यान पु¥याउन उहाँले थारु कलाकार संघलाई सल्लाह दिनुभयो ।

थारु कलाकार संघ दाङका अध्यक्ष शालिकराम चौधरीको अध्यक्षता तथा नेपाल पत्रकार दाङका निर्वतमान अध्यक्ष सुदिप गौतमको प्रमुख आतिथ्य एवं पत्रकार माहासंघ दाङका सल्लाहकार दुर्गालाल केसीको विशिष्ट आथित्यतामा कार्यक्रम भएको थियो । विशिष्ट अथिति दुर्गालाल केसीले थारुहरुको पहिचान र संरक्षणको लगी पहल तथा बहस गर्न जरुरी रहेकोमा जोड दिनुभयो ।

थारु कलाकार संघ दाङका वरिष्ठ उपाध्यक्ष लक्ष्मीमान चौधरीले विषय प्रवेश गराउनु भएको कार्यक्रममा केपी चौधरीले धन्यवाद दिनुभएको थियो । त्यसै अवसरमा भोलि बाट युटुवमा रिलिज हुदै गरेको दंगाली गायक रोशन रत्गैयाको थारुभाषाको गित बरा बरा मुर्गा’ बोलको गितको म्यूजिक भिडियो विमोचन गसिरएको छ । दङगाली गायक रोशन रत्गैया र समिक्षा चौधरीको आवाज रहेको यस गीतको म्यूजिक भिडियो प्रमुख अतिथि गौतमले विमोचन गर्नुभएको थियो । गीतको लय शब्द शुसिल चौधरीको रहेको गायक रोशन रत्गैयाले जानकारी दिनुभएको थियो । कार्यक्रमको सहजी करण गायक रोशन रत्गैयाले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*