Home / Feature Breaking news / राष्ट्रिय सभा निर्वाचनः कांग्रेसबाट अनिता देवकोटा

राष्ट्रिय सभा निर्वाचनः कांग्रेसबाट अनिता देवकोटा

दाङ, ९ माघ ।
माघ २४ गते हुने राष्ट्रिय सभाको निर्वाचनकालागि दाङबाट ३ जना उम्मेदवार बनेका छन् । नेपाली कांग्रेसले प्रदेश नं. ५ मा पूर्व सांसद अनिता देवकोटालाई टिकट दिएको छ । उनी महिला कोटामा निर्वाचन लड्दैछिन् ।

त्यसैगरी नेकपा एमालेले कोमल वलीलाई टिकट दिएको छ । उनी पनि महिला कोटामा चुनाव लड्दैछिन् । त्यस्तै राष्ट्रिय जनमोर्चाले रश्मिराज नेपालीलाई उम्मेदवार बनाएको छ । नेपाली खुल्ला सदस्यबाट चुनाव लड्दैछन् । प्रत्येक प्रदेशमा ८ जना निर्वाचित हुँदैछ ।

तीन महिला, तीन खुला, एक दलित र एक अपाङ्ग तथा अल्पसंख्यकबाट निर्वाचित हुने निर्वाचन आयोगले जनाएको छ । राष्ट्रियसभाको गठन एकल संक्रमणीय निर्वाचन प्रणाली बमोजिम हुनेछ ।

नेपालको संविधानको धारा ८६ अनुसार राष्ट्रियसभा स्थायी सदन हुनेछ । राष्ट्रियसभाको पदावधि छ वर्षको हुनेछ तर यो संविधान प्रारम्भ भएपछि पहिलो पटक सदस्यको पदावधि कायम गर्दा गोलाप्रथाको माध्यमबाट एक तिहाइको दुई वर्ष, अर्को एक तिहाइको चार वर्ष र बाँकी एक तिहाइको छ वर्ष पदावधि कायम रहनेछ ।

धारा ८६ अनुसार यस सभामा निर्वाचक मण्डलको मतको भार फरक हुने गरी प्रत्येक प्रदेशबाट कम्तीमा तीनजना महिला, एकजना दलित र एकजना अपांगता भएका व्यक्ति वा अल्पसंख्यकसहित आठजना गरीे निर्वाचित ५६ जना रहन्छन् ।

सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत कम्तीमा एकजना महिलासहित तीनजना गरी जम्मा ५९ सदस्य रहने संवैधानिक व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*