Home / Feature Breaking news / संरक्षणको अभावमा जीर्ण बन्दै ५५ झ्याले दरवार

संरक्षणको अभावमा जीर्ण बन्दै ५५ झ्याले दरवार

लिलाधर वली
दाङ ९ माघ । कुनै बेला ५५ वटा झ्याल भएकै कारण राजपरिवारको मुद्धा खेपेको दाङ देउखुरीमा रहेको भवन पछिल्लो समय संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ । देउखुरी गढवा गाउपालिका वडा नं. ३ गोवरडिया स्थीत रहेको तत्कालिन राजपरिषदका सभापति परशुनारायण चौधरीको उक्त भवन ५५ झ्याले दरवार संरक्षण नहुदा जीर्ण बन्नुका साथै भत्कन थालेको छ ।

26941257_2334427706788646_1831507459_n
उक्त भवन विसं २०३८ सालदेखि करिव दश बर्ष लगाएर २०४८ सालमा निर्माण सम्पन्न भएको थियो । राज परिषदका सभापति परशुनारायण चौधरीका बाजे जोखनप्रसाद चौधरीले भारतको गोरखपुरवाट कालिगढहरु मगाएर भवन निर्माण गरेका थिए । मासको पिठो,ढुङगाको धुलोसँगै बालुवावाट भवन निर्माण गरिएको थियो । भवन निर्माण गरेसँगै भवनको टपमा चार वटा सिंह राखेको कारण र उक्त भवनमा ५५ वटा झाल बनाएकै कारण चौधरी परिवारले दश बर्षको अवधिमा तत्कालिन सरकारवाट दुई पटक मुद्धा खेप्नु परेको परशुनाराय चौधरीका नाती मनोज चौधरीले बताउछन ।
तत्कालिन समयमा सिंह दरवार जस्तो भवन निर्माण गरेको र भवनको टपमा हिंस र हात्ति राखेकै कारण उक्त चौधरी परिवारले मुद्धा खेप्न परेको थियो । तर पछिल्लो समय उक्त भवनको संरक्षण नहुदा भत्कन थालेको छ । भवन अत्यन्त जीणसँगै तत्कालिन समयमा परशुनारायण चौधरी बस्ने गरेको कोठाको तालखसेसँगै भत्कन थालेको छ । भवन अत्यन्त ठुलो भएको र घरमा धेरै व्यक्तिको स्वामित्व भएका कारण कुरा नमिल्दा भवन संरक्षणमा समस्या देखिएको मनोज बताछन । ‘भवन संरक्षणको लागि कुरा हुने गरेपनि आफनो परिवारका अधिकांस सदस्यहरु अमेरिकामा रहेको छन,जसले गर्दा भवन संरक्षणमा समस्या हुने गरेको छ’ मनोजले भने –‘घरको संरक्षण गर्न सके पुर्खाको चिनो संरक्षणसँगै आफनो परिवारको इज्जत बढ्ने थियो ।’ त्यससँगै उक्त भवनलाई पर्यटकिय रुपमा विकास गर्न सकिने देखिन्छ ।
३६ वटा कोठाहरु रहेको उक्त भवन करिव चार पाँच कट्ठा जमिनमा फैलिएको छ । ३६ कोठाहरु मध्य अहिले जम्मा दुई वटा कोठाहरु मात्र प्रयोगमा रहेका चौधरी परिवारकी अर्की सदस्य बालकुमारी चौधरी बताउछिन । धेरै पहिले बनेको भवन पुरानो भएको संरक्षण नहुदा असुरक्षाका कारण अधिकांस परिवारहरु बाहिर घर निर्माण गरेर बस्न थालेका छन । ‘एक दुई परिवारले मात्र चाहेर घरको संरक्षण गर्न सकिदैन,सवै परिवारको समर्थन हुनुपर्छ’, परशुनारायणकी बुहारी नाता पर्ने बालकुमारी भन्छीन–‘यो घरपरिवार सवैको स्वामित्व रहेकाले सवैका विचमा सहमति हुन आवश्यक छ ।’ पहिले सवैसँगै बस्दा रमाइलो लाग्ने गरेको भएपनि पछिल्लो समय भवन जीर्ण बन्दै भत्कन थालेको देख्दा आफुलाई नराम्रो लाग्ने गरेको समेत उनी बताउछिन ।
भवनको प्रचार प्रसारसँगै संरक्षणका लागि आफनो श्रीमानले धेरै पहल गरेपनि उहाँ वितेका कारण अधुरो रहेको उनी बताउछिन । ‘यो भवनका बारेमा किताव लेख्छु भनेर धेरै कुरा लेख्नु हुन्थ्यो तर उहाँको पोहारसाल बित्नु भयो,जसका कारण उहाको सपना अपुरो रहेको छ’ श्रीमति बालकुमारी बताउछिन । उसो तँ भवन संरक्षणसँगै पर्यटकिय रुपमा विकास गर्नकालागि जिल्ला विकास समितिले पनि पहल गरेको मनोज बताउछन । करिव २०६५ ्र०६६ सालदेखि जिल्ला विकास समितिवाट डा. गोविन्द आचार्य,स्वर्गीय नित्यानन्द शर्मालगायतका केही व्यक्तिहरु गएर घरको हेरफेरसँगै भवनको ऐतिहासिक पक्षका बारेमा समेत लेखेर लगेका मनोज बताउछन । ‘ सोधपुछपछि उहाँहरुले भवनको संरक्षणका लागि पर्यटन बोर्ड तथा परात्तात्विक विभागमा कुरा गछौ भन्नुभएको थियो’,मनोजले भने–‘तर जिल्ला विकासवाट खस्सै पहल हुन सकेन ।’तर केही महिना पहिले पुरात्तात्विक विभागवाट भवन बारेमा बुझन आउने बारेमा फोन आएको भएपनि अहिलेसम्म कोही नआएको मनोज बताउछन ।

उनका अुनसार करिव चार पाँच महिना पहिले –‘स्वर्गीय परशुनारायण चौधरीको रुपमा रहेको तपाईका घरको अध्ययन गर्न काठमाण्डौवाट टोली आउन थालेको छ,सहयोग गर्नु हुन्छ नी’ भन्ने फोन आएको समेत उनले बताए । भवनको संरक्षण गर्न राज्यले दायित्व लिए आफुहरु राजयलाई सहयोग गर्न चौधरी परिवार तयार रहेको समेत परिवारले बताउने गरेको छ । थारु सास्कृतिक संग्राहलयको रुपमा विकास गर्न सकिने प्रदेशसभा सदस्य इन्द्रजीत चौधरी बताउछन । उक्त भवनको संरक्षणसँगै पर्यटकिय केन्द्रका रुपमा विकास गर्नकालागि उक्त भवनलाई ‘परशुनारायण चौधरी थारु संग्रालय’का रुपमा आफुले विकास गर्ने सोच बनाएका समेत बताए । भवनसँगै त्यस क्षेत्रमा रहेको थारु जातिसँग सम्वन्ध गासिएको जंगलकुटी धार्मिक क्षेत्रलाई जोडेर थारु जाति विभिन्न कला ससकृतिहरुको ज्ञान लिन सकिने गरि थारु संग्रालयका रुपमा विकास गर्नका लागि आफुले उक्त परिवारसँग कुरा गरिरहेको समेत चौधरीले बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*