Home / समाचार / शुभप्रभात माविमा सरस्वति पूजा

शुभप्रभात माविमा सरस्वति पूजा

घोराही, ८ माघ
शुभप्रभात मावि घोराहीले पनि बसन्त पञ्चमी एक कार्यक्रमको आयोजना गरि मनाएको छ । विद्यालयले एक औपचारिक कार्यक्रमको आयोजना गरि बसन्त पञ्चमी मनाएको हो ।
विदालय व्यवस्थापन समितिका अध्यक्ष जगत दर्लामीको अध्यक्षता एवं विद्यालयका पूर्व प्रधानाध्यापक बासुदेव रिजालको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले विद्यार्थीहरु भविष्यका बलिया आधार भएकाले उनीहरुलाई गुणस्तरिय शिक्षा दिनुपर्ने बताएका थिए ।

सामुदायीक विद्यालयहरुलाइ शसक्त बनाएर लैजानुपर्ने उनीहरुको भनाई छ । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष विपुल पोख्रेलले शिक्षक, विद्यार्थी, अभिभावक, राज्य र विद्यालय व्यवस्थापन समितिको समन्वयमा शैक्षीक एवं गुणस्तरियता बढाउन सकिने बताउनुभयो ।

कार्यक्रममा विद्यालयका पूर्व प्रधानाध्यापक माधवप्रसाद खनाल, पूर्व प्रधानाध्यापक एवं सल्लाहकार लालमणी पन्त, शिक्षाप्रेमी तोरणज्वज श्रेष्ठ, घोराही उपमहानगरपालिका वडा नम्बर १४ का अध्यक्ष शक्तिराम डाँगी, स्रोत व्यक्ती रामप्रसाद जैसी, माउण्टभ्यू माविका अरुण शर्माले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा उपस्थितलाई विद्यालयका प्रधानाध्यापक गणेशराज श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा शिक्षिका मधु पण्डीतले सरस्वति बन्धना गराउनुभएको थियो । कार्यक्रमको सहजिकरण शिक्षक रुद्र बुढाले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*