Home / Feature Breaking news / प्रादेशीक राजधानीको आन्दोलन राजनितिक दलहरुको नेतृत्वमा

प्रादेशीक राजधानीको आन्दोलन राजनितिक दलहरुको नेतृत्वमा

घोराही, ४ माघ
प्रदेश नम्बर ५ को राजधानी दाङ हुनुपर्ने माग गर्दै दाङमा राजनितिक दलहरु सडकमा आएका छन् । दाङ प्रादेशीक राजधानी सरोकार समितिको अगुवाई गरिरहेको आन्दोलनलाई अब राजनितिक दलहरुले जिम्मा लिने भएका छन् ।

विहीवार भएको सर्वदलिय एवं सर्वपक्षीय वैठकले अब आन्दोलनको नेतृत्व राजनितिक दलहरुले गर्ने निर्णय गरेको । जस अनुसार संयुक्त संघर्ष समिति गठन गरिएको छ । समितिको संयोजक नेकपा एमाले, उपसंयोजकमा नेपाली कांग्रेस, सचिवमा माओवादी केन्द्र रहने र अन्य दल, उद्योग वणिज्य संघहरु, नागरिक समाज लगायत सामाजिक संघसंस्थाहरु सदस्य रहेका छन् । यो समितिले निरन्तर आन्दोलन गर्ने बताएको छ ।
राजधानीको माग गर्दै आह्वान गरिएको आमहड्तालका कारण जिल्लाको जनजिवन प्रभावित भएको छ । पूर्व पश्चीम राजमार्गमा पनि यातायात बन्द रहेको छ । जिल्लाका घोराही, तुलसीपुर, लमही, नारायणपुर, भालुबाङ, अमेलिया, विजौरी, गढवा लगायतका बजारहरु पूर्ण रुपमा ठप्प रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*