Home / Feature Breaking news / पाँच नम्बर प्रदेशको राजधानी दाङ माग गर्दै उर्लियो जनसागर, यातायात र पसलहरु ठप्प

पाँच नम्बर प्रदेशको राजधानी दाङ माग गर्दै उर्लियो जनसागर, यातायात र पसलहरु ठप्प

घोराही, ३ माघ
प्रदेश नम्बर ५ को राजधानी दाङ हुनुपर्ने माग गर्दै दाङमा आजदेखी आमहड्ताल सुरु भएको छ । दाङ प्रादेशीक राजधानी सरोकार समितिको अगुवाईमा जिल्लामा अनिश्चितकालिन आमहड्ताल भएको हो ।

IMG_3705

जसका कारण जिल्लामा पसलहरु पूर्ण रुपमा बन्द भएका छन् भने यातायात पनि ठप्प रहेको छ । जिल्लाको घोराही, तुलसीपुर, लमही, नारायणपुर, भालुवाङ, अमेलिया, विजौरी, गढवा लगायतका स्थानमा उद्योग वाणिज्य संघको अगुवाईमा विहानैदेखी पर्दशन भईरहेको छ ।

प्रदेश नम्बर ५ को राजधानी दाङ नबनाउने चलखेल सुरु भएको भन्दै आफूहरु आन्दोलित हुनु परेको दाङ प्रादेशीक राजधानी सरोकार समितिका संयोजक एवं दाङ जिल्ला उद्योग वणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुषालले जानकारी दिए ।

IMG_3659

दाङ प्रदेश नम्बर ५ को राजधानी हुनुपर्ने माग सहित छिमेकी जिल्लाहरु रोल्पा, प्यूठानमा पनि पर्दशन भईरहेको छ र बाँके,ं बर्दियाले पनि आन्दोलनको तयारी गरिरहेको भुषालले जानकारी दिए ।

दबाद र्याली पछि घोराहीको तुलसीपुर चोकमा भएको सभामा दाग उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष मधुसुदन वैद्य, नेपाली कांग्रेसका जिल्ला सचिव शंकरप्रसाद डाँगी, एमालेका विवेक श्रेष्ठ, माओवादी केन्द्रका निर्मल आचार्य लगायतलेमन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सहजिकरण सरोकार समितिका सदस्य सचिव एवं नेपाल पत्रकार महासंघका अध्यक्ष सविन प्रीयासनले गर्नुभएको थियो ।

आज वुधवार दिउसो १ बजेदेखी तुलसीपुर चोकबाट पुनः र्याली हुने समितिका सदस्य सचिव सविन प्रीयासनले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*