Home / Feature Breaking news / कुमाल समुदायको जीवन नै माटोमै ….
माटोवाट भाडा बनाउदै

कुमाल समुदायको जीवन नै माटोमै ….

लिलाधर वली
गढवा(खैरा) ,३० पुस  ।  देउखुरी गढवा गाउपालिका वडा नंं. ३ खैरा निवासी कुलुरकुमार थारु कुमालको छ । दशक बढि जीवन माटोका भाडाहरु बनाउनेमा बिती सक्यो । आफुहरुले थाहा पाउने बेलादेखि माटोबाट बन्ने सामाग्रीहरु घैटा,ठेगी, हाडी, पाला, गमलालगायतका बनाउन सिकेका कुलुरकुमारले अहिलेपनि तिनै सामाग्रीहरु बनाउदै आएका छन । तर माटो पनि सहज छैन, धेरै स्थानमा धाउनुपर्छ । बाढिले सजिलो माटोको खानी पुरीएको छ । त्यसैले धेरै नाला खोला किनारामा धाउनुपर्छ ।
छ दशकको समयमा आफै बनाएका माटोका सामाग्रीहरु भरियामा बेच्न हिडेका उनी अहिलेपनि समय समयमा देउखुरीका विभिन्न ठाउँदेखि दाङका घोराही, तुलसीपुरलगायतका स्थानहरुमा सामाग्रीहरु बेच्न हिड्ने गरेको बताउछन । माटोका भाडाहरु बनाउन जीवन खर्चिका उनको आफनै जीवन भने अहिलेसम्म बन्न सकेको छैन । घरपरिवार पाल्नका लागि मुख्य श्रोत नै यही माटोका भाडाहरु बनाउने भएको बताउने उनले त्यही सामाग्रीहरु बेचेको पैसावाटै जीवन चलाउदै आएको ६५ बर्षिय कुमालले बताउने गरेका छन ।

माटोसँगै खेले,माटोमै हुर्किए’,कुलुरकुमार भने–‘मैले बनाएका माटाका भाडाहरु धेरै राम्रा बने र धेरै मन पराए तर मेरो जीवन भने बन्न सकेन ।’ पुर्खेउली पेसा भएकाले पनि मैले सानैवाट माटोका भाडाहरु बनाउन थालेको हु ,त्यहीवाट आएको पैसाले परिवार पाल्दै आएको छु । उनले माटोवाट घैटा,गमला,हाडी,पाला,मट्टे,कौैसीलगायतका सामाग्रीहरु बनाउने गरेका छन । त्यहीवाट आएको पैसाले आफनो आठ जनाको परिवार पाल्दै आएका छन । ‘बस्ने बास बाहेक अरु सम्पती छैन,हाम्रो खेतवारी,धान खेत भनेकै यहि माटोका भाडाकुडा बनाउने पेसा हो’,उनले भने–‘बनाएका सामाग्रीहरु पोल्नका लागि काठ दाउरा नपाउदा पछिल्लो समय अप्ठेरो हुने गरेको छ ।’
पहिले जति भएपनि काठ,पराल पाइन्थ्यो तर अहिले माटो पाउन समेत समस्या छ । उनका अनुसर अहिले पुर्जी काटेर मात्र काठ काट्न पाईने गरेको बताए । माटोका भाडाहरु बनाउदै बेचेर बर्षमा ३० ्र४० हजारसम्म पैसा कमाउने गरेपनि आम्दानीको अन्य कुनै बाटो नहुदा खानलाउन ठिक्कै हुने गरेको बताए । अधिकांस समय व्यवसायीहरु सामानहरु किन्न घरमै आउने गरेपनि कहिले काही घैटा,भुर्कि,पाला,गमलाहरु बेच्न देउखुरीका बजारहरुसँगै दाङका घोराही,तुलसीपुरसँगै गाउगाउँसम्म जाने गरेको समेत उनले बताए ।
त्यस्तै बताउछन सोही गाउँ निवासी टेकबहादुर कुमाल । उनले पनि माटोका सामागीहरु बनाउन थालेको बषौँ वित्यो तर जीवन बदल्न नसकेको दुखेसो गरे ।

‘माटोका भाडाहरु बनाउन थालेको धेरै बर्षभयो,पहिले दश विस रुपैयामा पर्ने सामानहरु सयौँ रुपैयामा विक्न थाले’,उनले भने–‘तर हामीहरुले माटोका सामाग्रीहरुको उचित मुल्य पाएनौ ।’ उसो तँ पछिल्लो समय माटोका सामाग्रीहरु बनाउन समेत आफुहरुलाई समस्या हुने गरेको उनले बताए । ‘पहिले माटोका भाडाहरु बनाएपछि पोल्नलाई दाउरा र परालको समस्या थिएन’,माटोका भाडाहरु बनाउदै गरेका टेकबहादुर भने–‘पछिल्लो समय माटोदेखि भाडाहरु पोल्ने दाउरा, परालको समेत समस्या पर्ने गरेको छ ।’

उनले पनि गमला,कुथुर्के,पाला,ठेगी,कौसी,हाडीलगायतका भाडाका सामाग्रीहरु बनाउने गर्दै आएका छन । ‘पहिले माटोका घैटा,माटोको फ्रिजलगायतका सामाग्रीहरु बनाउने गर्थे’,उनले भने–‘तर पछिल्लो समय बजारमा आएका स्टील तथा प्लाष्टिकका सामाग्रहरुका कारण फ्रिज,घैटाहरु विक्न थालेपछि बनाउन छोडेको छु ।’
यो पेसामा धेरै मेहनत र आम्दानी कम हुने भएकाले पछिल्लो पुस्ता माटोका भाडाहरु बनाउन मन लगाउदैनन् । उनले भने–‘जसले गर्दा आफनो पुर्खेउली पेसा हराउने अवस्था आएको छ ।’ माटोको भाडालाई संरक्षणसँगै यो पेसामा नयाँ पुस्तालाई अग्रसर बनाउन भन्दै केही संघसस्थाहरुले तालिम दिने गरेपनि श्रम अनुसारको सामागीहरुको उचित मुल्य नहुदा पेसा नै संकटमा पर्ने अवस्था रहेको बताए । उनीहरु जस्तै देउखुरीकै खेरा गाउँमा माटोका सामाग्रीहरु करिव ३० देखि ४० घरपरिवारहरु रहेका उनीहरुले बताउने गरेका छन । उनीहरुले बनाएका सामाग्रीहरुहरु दाङसहित बुटवल,नेपालगंज तथा काठमाण्डौसम्म जाने गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*