Home / Feature Breaking news / राष्ट्रिय फुटबल प्रतियोगिता माघ २ देखी हुने

राष्ट्रिय फुटबल प्रतियोगिता माघ २ देखी हुने

घोराही, २३ पुस

राष्ट्रिय खेलकुद परिषद् च्याम्पीयनसिप २०७४ अन्तरगत पुरुष फुटबल प्रतियोगिता दाङमा हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा दाङमा २८ औँ राष्ट्रिय पुरुष फुटबल प्रतियोगिता हुने जिल्ला फुटबल संघले बताएको छ ।

संघले आईतवार घोराहीमा पत्रकार सम्मेलन गरेर यस्तो जानकारी दिएको हो । प्रतियोगिता माघको २ देखी ६ गतेसम्म दाङको दुई स्थानमा हुने छ । जिल्लाको भरतपुर खेल मैदान घोराही र अरनिको खेल मैदान तुलसीपुरमा हुने छ ।

५ विकास क्षेत्र, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरि ८ टिमको सहभागिता रहने प्रतियोगिताको उद्घाटन तुलसीपुरमा र समापन घोराहीमा हुने छ ।

प्रतियोगिताको उद्घाटन खेल माघ २ गते मध्यपश्चीममञ्चल क्षेत्रिय टिम र सशस्त्र प्रहरी बल टिमविच तुलसीपुरमा हुने छ भने माघ २ गते नै घोराहीमा मध्यमाञ्चल क्षेत्रिय टिम र सुदुरपश्चीमाञ्चल क्षेत्रीय टिमविच खेल हुने संघका जिल्ला अध्यक्ष सुशील श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै माघ ३ गते पूर्वाञ्चल क्षेत्रीय टिम र त्रिभुवन आर्मी क्लब टिमबीच घोराहीमा र सोही दिन पश्चिमाञ्चल क्षेत्रीय टिम र नेपाल पुलिस क्लब टिमबीच खेल हुने उहाँँले बताउनुभयो ।

प्रतियोगिताको उपविजेता र विजेताकालागि माघ ६ गते घोराहीको भरतपुर खेल मैदानमा खेल हुने संघका महासचिव नरेन्द्र पुनले जानकारी दिनुभयो ।

यस प्रतियोगिताकालागि घोराहीको भरतपुर खेल मैदान र तुलसीपुरको अरनिको खेल मैदान व्यवस्थापन गरिएको छ । मैदान सुधार एवं व्यवस्थापनकालागि जिल्लाका फुटबल खेलाडी, पूर्व खेलाडी एवं खेलप्रेमीहरुको सक्रियतामा खेल मैदान मर्मत गरिएको छ ।

जिल्ला फुटबल संघ दाङका अध्यक्ष सुशील श्रेष्ठको अध्यक्षता एवं नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रीयासनको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पत्रकार महासंघका सल्लाहकार सुदीप गौतम लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सहजिकरण फुटबल संघका जिल्ला महासचिव नरेन्द्र पुनले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*