Home / Feature Breaking news / दाङ ३४ औँ पूर्ण खोप सुनिश्चीत जिल्ला घोषणा

दाङ ३४ औँ पूर्ण खोप सुनिश्चीत जिल्ला घोषणा

दाङ, २३ पुस
दाङ जिल्लालाई पूर्ण खोप सुनिश्चीत जिल्ला घोषणा गरिएको छ । जिल्लालाई आईतवार पूर्ण खोप सुनिश्चीत जिल्ला घोषणा गरिएको हो ।
जिल्ला समन्वय समिति दाङ तथा जिल्ला जनस्वास्थ्य कार्यालय दाङलाई प्रमाणपत्र दिदै स्वास्थ्य मन्त्रालय बालस्वास्थ्य महाशाखाले आज बिशेष समारोह बिच पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरेको छ ।

उप प्रधानमन्त्री कृष्ण बहादुर महराले उद्घाटन गर्नुभएको पूर्ण खोप सुनिश्चित जिल्ला कार्यक्रममा स्वास्थ्य सचिव डा पुष्पा चौधरीले जिल्ला समन्वय समितिका संयोजक जितेन्द्रमान नेपालीलाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

स्वास्थ्य मन्त्रालय तथा बिभागले दाङ जिल्लाका १२ देखी २३ महिनासम्मका १० हजार १ सय ६० बालबालिकामा गरेको सर्बेक्षणमा सबैले पूर्ण खोप लगाएको पाईएपछि पुर्ण खोप जिल्ला सुनिश्चित गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख घनश्याम पोख्रेलले जानकारी दिए ।

पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा कार्यक्रममा स्वास्थ्य क्षेत्रमा काम गर्ने संघसंस्थाले ¥याली तथा सास्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए । कार्यक्रममा बालस्वास्थ्य महाशाखा प्रमुख डा बिकास लामीछानेले नेपालको बालस्वास्थ्यको अबस्थाबारे प्रकाश पार्दै जिल्ला जनस्वास्थ्य कार्यालयलाई ३४ औँ पूर्ण खोप सुनिश्चित जिल्ला हुन सफल भएको बताए । कार्यक्रममा उपस्थित जनप्रतिनीधीहरुले जिल्लालाई पुर्ण खोप सुनिश्चितताको निरन्तरतामा लागीपर्ने प्रतिबद्घता जनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*