Home / Feature Breaking news / टरिगाँउ विमानस्थल पाँचौ पटक सुरु

टरिगाँउ विमानस्थल पाँचौ पटक सुरु

दाङ, २३ पुस
लामो समयदेखि अवरुद्ध रहेको दाङको टरिगाउँ विमानस्थलमा आज आइतवारदेखि विमान सेवा सुचारु भएको छ । आइतवार दिउसो समिट एयरको जहाजले टरिगाउँ विमानस्थलमा अवतरण गरेर बिमान सेवा पुनः सञ्चालनमा आएको हो ।

विमानमा पहिलो यात्रीका रुपमा उपप्रधानमन्त्री एंव दाङ क्षेत्र नं २ प्रतिनिधिसभा सदस्य कृष्णवहादुर महरा, क्षेत्र नम्वर ३ प्रतिनिधि सभाका सदस्य हिराचन्द्र केसी , सल्यानका प्रदेश सभा सदस्य प्रकाश ज्वाला र तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डे आउनु भएको थियो ।

बि स. २०११ सालबाट सञ्चालनमा आएको विमानस्थल पटक पटक गरेर ४ पटक सम्म सञ्चालन हुँदै वन्द भएको थियो । तुलसीपुर उपमहानगरपालिकाको सक्रियतामा विमानस्थल सुचारु भएको हो । पछिल्लो समय २०७३ साल चैत २ गतेदेखि बिमान सेवा बन्द भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*