Home / Feature Breaking news / भानपुरमा पाँच युवा क्लबको माघि विशेष कार्यक्रम

भानपुरमा पाँच युवा क्लबको माघि विशेष कार्यक्रम

घोराही, २२ पुस

थारु सामुदायको महान चाड माघिका अबसरमा विभिन्न साँस्कृतिक कार्यक्रमहरु हुन थालेका छन् । विभिन्न समुहरुले टोल टोलमा माघि बिषेश कार्यक्रमहरु गर्न थालेका हुन् । यसै क्रममा शनिबार घोराही उपमहानगरपालिका ३ भानपुरमा शान्तिका लागि माघि विषेश थारु साँस्कृतीक कार्यक्रम भएको छ ।

हाम्रो पहल युवा क्लव, शसक्तिकरण युवा क्लव, सुनौलो युवा क्लव, प्रगतिशिल र नव जागरण युवा क्लवको आयोजना एवं घोराही उपमहानगर र घोराही सिमेन्ट उद्योगको सहयोगमा थारु साँस्कतिक कार्यक्रम भएको हो ।
शसक्तिकरण युवा क्लवका अध्यक्ष सोनकुमारी चौधरीको अध्यक्षतामा भएको माघि बिषेश कार्यक्रमको प्रमुख अतिथी नगर प्रमुख नरुलाल चौधरीले थारुहरुको पहिचान संस्कृती सँग जोडिएको बताउनुभयो । थारु संस्कार, भाषा र पोशाकले पहिचान दिएको भन्दै नगर प्रमुख चौधरीले संरक्षणमा लाग्न युवाहरुलाई आग्रह गर्नुभयो ।

संस्कृती मनाउने नाममा संस्कार भुलेर बिकृती भित्रिरहेको प्रति सचेत रहन उहाँले थारु समुदायलाई आग्रह गर्नुभयो । माघिमा गरिने बर्षदिनको कामको समिक्षालाई अब जिवनको समिक्षा गर्ने दिनकारुपमा बुझ्न आबस्यक रहेको समेत बताउनुभयो ।

माघिलाई मदिरा खानपान सँग बढी जोडिने गरेको भन्दै नगर प्रमुख चौधरीले अब खानपानलाई कम गरि जीवनलाई सुखमय बनाउने तर्फ ध्यान दिनुपर्ने बताउनुभयो । कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष माधब चौधरी, ४ का अध्यक्ष भिमबहादुर सार्की सहितका बक्ताहरुले अब संस्कृतीलाई विकास र संबृद्धि सँग जोड्नु पर्ने बताउनुभयो ।

साँस्कृती कार्यक्रममा एक दर्जन बढी बस्तीका थारु युवायुवतिहरुले बिभिन्न नृत्य र गित प्रस्तुत गरेका छन् । कार्यक्रमको सहजिकरण हाम्रो पाईला युवा क्लवका अध्यक्ष दुर्गानारायण चौधरीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*