Home / Feature Breaking news / मैत्रीपूर्ण भलिबलमा प्याब्सन विजयी

मैत्रीपूर्ण भलिबलमा प्याब्सन विजयी

घोराही, २२ पुस

प्याब्सन दाङको २८ औँ स्थापना दिवशको अवसरमा आयोजना गरिएको मैत्रीपूर्ण भलिबल प्रतियोगितामा प्याब्सन विजयी भएको छ ।

दिवशको अवसरमा प्याब्सन र नेपाल पत्रकार महासंघ दाङबीच शनिवार भएको मैत्रीपूर्ण भलिबल प्रतियोगितामा प्याब्सन विजयी भएको हो । घोराहीमा भएको प्रतियोगितामा १९­२५, २६­२४ र २१­२५ को अंकले प्याब्सनको टिम विजयी भएको थियो ।

प्रतियोगितामा पत्रकार महासंघको तर्फबाट खेलाडीमा सविन प्रीयासन, सुदिप गौतम, नरेन्द्र केसी, जे.एन.सागर, हिरा वली, केशरमान बुढाथोकी, गणेश वली, युगराज पोख्रेल, वेदराज पोख्रेल, उदय विसी र आर.के.शीतल रहनुभएको थियो ।

यस्तै प्याब्सनको तर्फबाट पोषण न्यौपाने, लक्ष्मीप्रसाद बुढा, नवराज खत्री, चित्र घर्ति, नारायण घिमीरे, राजेन्द्र चन्द, सुशील आचार्य र सन्देश बुढा रहनुभएको थियो । प्रकाश केसी र चन्दन जिएमले एम्पाएरको भूमीका निर्वाह गर्नुभएको थियो ।

हाजिरीजवाफ प्रतियोगितामा जनज्योति प्रथम
यस्तै प्याब्सन दाङको २८ औँ स्थापना दिवशको अवसरमा भएको विद्यालय स्तरिय मावि तहको हाजिरिजवाफ प्रतियोगिता शनिवार सम्पन्न भयको छ । जसमा जनज्योति मावि घोराही प्रथम, माउन्टभ्यू मावि घोराही द्धतिय र फोर्टिनाईट मावि बेलझुण्डी तृतीय भएका थिए ।

प्याब्सन जिल्ला सहसचिव एवं घोराही उपमहानगरपालिका संयोजक पोषण न्यौपानेको अध्यक्षता एवं प्याब्सनका केन्द्रिय सदस्य जिवनकुमार आचार्यको प्रमुख आतिथ्यमा भएको प्रतियोगितामा लिखितमा छनोट भएर आएका घोराही, तुलसीपुर र देउखुरी क्षेत्रका ३÷३ विद्यालय गरि जिल्लाभरका ९ विद्यालयको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*