Home / प्रदेश समाचार / भालुबाङमा हुने महोत्सवको तयारी तीव्र

भालुबाङमा हुने महोत्सवको तयारी तीव्र

देउखुरी,१९ पुस

देउखुरीको भालुवाङमा पुस २८ गतेदेखि माघ ७ गतेसम्म सञ्चालन हुने दोश्रो राप्ती कृषि, पर्यटन, औद्योगीक तथा व्यापारीक महोत्सव २०७४को तयारीलाई तीव्र पारिएको छ । महोत्सव हुने मिति नजिकिदै गर्दा महोत्सवको प्रचारप्रचारसँगै महोत्सव स्थल निर्माणको कार्यलाई सुरु गरिएको छ ।
इन्द्रेणी युवा क्लव भालुवाङको आयोजनामा राप्तीगाउँपालिका–१ भालुवाङ पुल्चोक स्थीत निमार्णाधिन बसपार्कमा महोत्सव हुने महोत्सव मुल आयोजक समितिले जनाएको छ ।
क्लवको भवन निमार्णको लागि महोत्सवको आयोजना गर्न लागिएको आयोजकले बताएको छ । दश दिन सम्म लाग्ने महोत्सवमा राप्ती अञ्चलको शैक्षिक, आर्थिक, सामाजिक, साँस्कृतिक, कृषि, उर्जा एवम् पर्यटन लगायतका समग्रीहरु महोत्सवमा राखिने भएको छ । जसको माध्यमवाट आर्थिक क्रियाकलापमा वृद्धिसँगै प्रचारप्रसारमा सघाउ पुग्ने महोत्सव मुल आयोजक समितिका संयोजक तथा इन्द्रेणी युवा क्लवका अध्यक्ष भिबहादुर मरासेनीले बताए ।
त्यस्तै प्राकृतिक विविधताले भरिपूर्ण र थुप्रै संभावनाहरु बोकेको राप्तीको औद्योगिक, पर्यटकीय, कृषिजन्य, उर्जा एवम् विविध साँस्कृतिक तथा धार्मिक धरोहरहरुको समेत प्रबद्र्धन र प्रचार–प्रसारमा सघाउ पुग्ने अध्यक्ष मरासेनीले बताए । दोस्रो राप्ती कृषि पर्यटन औद्योगीक तथा व्यापारीक महोत्सवमा जिल्लाको ऐतिहासिककला, संंस्कृति र भाषा सहितको झाँकी प्रदर्शन गरिने अपेक्षा गरिएको छ । यस्तै १० दिन सम्म संचालनहुने महोत्सवमा ५ लाखभन्दा बढी दर्शकहरुले अवलोकलगर्ने र दश करोड बराबरको कारोवार हुने अनुमानगरिएको छ । महोत्सवमा १ सय ५० भन्दा बढी स्टलको संख्या रहने र विभिन्न खालका प्रतियोगिताहरुको समेत प्रतिस्पर्धा गराईने आयोजकले बताएको छ ।
राप्तीको समग्र पर्यटन र प्रवद्र्धन विकासका लागि पनि राप्तीनदीमा ¥याप्टिङ, हस्तकला प्रदर्शनी,कृषि प्रदर्शनी लगायत अन्यथुप्रै आकर्षणहरु महोत्सवका मुख्यआकर्षणका रुपमा रहेका छन । महोत्सव अवधी भर ख्याती प्राप्त केन्द्रिय,राष्ट्रिय तथा स्थानीय स्तरकाकलाकारहरुको वेजोड प्रस्तुति रहने आयोजकले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*