Home / Feature Breaking news / गणतन्त्र दैनिक ११ औँ वर्षमा

गणतन्त्र दैनिक ११ औँ वर्षमा

दाङ, १६ मंसिर
दाङबाट प्रकाशित हुदै आएको गणतन्त्र राष्ट्रिय दैनिक ११ वर्षमा प्रवेश गरेको छ । पत्रिकाले ११ औँ वर्षीक उत्सवको अवसरमा औपचारिक कार्यक्रम गरेर मनाएको छ ।

पत्रिकाका सम्पादक सविन प्रीयासनको अध्यक्षता एवं एमालेका स्थायी कमिटी सदस्य एवं प्रदेश नम्बर ५ का प्रदेश सभा सदस्य शंकर पोख्रेलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोख्रेलले पछिल्लो समय प्रविधीसँगै छापा पत्रिकाहरु समस्यामा रहेको बताउनुभयो ।

उहाँले छापा पत्रिकाहरु संकटमा रहेको बताउदै छापा माध्यमहरुको महत्व भने महत्वपूर्ण भएको बताउनुभयो । नवनिर्वाचित प्रदेश सभा सदस्य पोख्रेलले जनताले जनप्रतिनीधी मानिसकेको अवश्थामा पनि राज्यले अझै आफूहरुलाई जनप्रतिनीधी मान्न नसकेको बताए । उनले निर्वाचनको अन्तिम मतपरिणाम आएको लामो समय भईसकेको समयमा पनि अहिलेसम्म प्रदेश सभा सदस्यहरुले सफत लिने कुने टुंगो नै नभएको बताउनुभयो ।

कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले मिसनमा सफल हुदै आएको गणतन्त्र पत्रिकाले जिल्लाको समग्र विकासकालागि महत्वपूर्ण योगदान पु¥याएको बताएका थिए ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष नारायणप्रसाद शर्मा, एमालेका नेता भागवत विश्वासी, एमालेका जिल्ला अध्यक्ष टिकाराम खड्का, माओवादी केन्द्रका सुवास पुन, नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष लीला शाह, व्यवसायी खड्गबहादुर बुढाथोकी, घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, तुलस्पिुर उपमहानगरपालिकाका प्रमुख घनश्याम रेग्मी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

वार्षीक उत्सवको अवसरमा भव्य कार्यक्रमको आयोजना गरेर पत्रिकालाई यहाँसम्म ल्याउनकालागि सहयोग गर्ने व्यक्तीहरुलाई सम्मान गरेको छ ।
कार्यक्रमको सहजिकरण पत्रिकाका सहसम्पादन नविन अभिलाषी र विनिता बस्नेतले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*