Home / समाचार / कांग्रेसद्धारा जिम्मेवारी बाँडफाड

कांग्रेसद्धारा जिम्मेवारी बाँडफाड

दाङ, ११ पुष
नेपाली कांग्रेस दाङ साविक क्षेत्र नम्बर ३ ले विभिन्न विभागहरुको जिम्मेवारी बाडफाँड गरेको छ । क्षेत्रीय बैठकले विभिन्न क्षेत्रमा जिम्मेवारी बाँडफड गर्दै कार्य विभाजन गरेको हो । जस अनुसार क्षेत्रिय सभापति भुपबहादुर डाँगीलाई जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयतर्फको जिम्मेवारी दिईएको छ ।

यस्तै सचिव बद्रिकुमार खड्कालाई स्वास्थ्य अर्थात अस्पतालतर्फ, सचिव कमलप्रसाद गौतमलाई विद्युत्तर्फ, उपसभापति भगतसिंह भण्डारीलाई वन वातावरणतर्फ, कोषाध्यक्ष आर.के.शीतललाई सञ्चारतर्फको जिम्मेवारी दिईएको छ । यस्तै सहसचिव प्रकाश सुवेदी र सदस्य विरबहादुर खत्री (विरु)लाई उद्योग व्यवसायतर्फ, वरिष्ठ सदस्य डिल्लीबहादुर बस्नेतलाई जिल्लातर्फ र सदस्य रेखबहादुर वलीलाई मालपोत र भुमी सुधारतर्फको जिम्मेवारी दिईएको छ ।

क्षेत्रीय सभापति भुपबहादुर डाँगीको अध्यक्षतामा बसेको बैठकले मंसिर २१ गते भएको प्रतिनीधी सभा र प्रदेश सभाको निर्वाचनमा कांग्रेसको पक्षमा मतदान गर्ने सम्पूर्ण मतदाताहरुलाई धन्यवाद ज्ञापन गरेको छ ।

यस्तै घोराही उपमहानगरपालिका वडा नम्बर ५ धर्ना विनासी विमल केसीको पत्नी नेपाली कांग्रेसका क्रियाशील सदस्य शोभा केसी, घोराही १० निवासी कांग्रेसका शुभचिन्तक गिरिराज पौडेल र घोराही १० निवासी रमेश गौतमको आमा सावित्रादेवी गौतमको निधनप्रति दःख व्यक्त गर्दै मृत आत्माको चिरशान्तीको कामना गर्दै परिवारप्रति समवेदना व्यक्त गरेको सचिव बद्रिकुमार खड्काले जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*