Home / मनोरञ्जन / रामजीलाई भूमीकाको आग्रह­ ‘सरर…मिनी बस चढेर आउ माया’

रामजीलाई भूमीकाको आग्रह­ ‘सरर…मिनी बस चढेर आउ माया’

नेपाली सांगितिक क्षेत्रमा लोकदोहोरी गायिका भूमीका गिरी नयाँ नाम होईन । दोहोरी क्षेत्रका उत्कृष्ट गायिकामध्य एक व्यक्ती हुन् भूमीका । दंगाली भूमीका पछिल्लो समय सबैको रोजाई बनेकी छिन् ।

उनका उत्कृट गितका कारण नेपाली लोकदोहोरी पारखीहरुमाझ लोकप्रीय छिन् उनी । ‘लौका चाख्ने मौका देउ, तिहुन मिठो बनायो चुकैले, नरिसाउन कान्छु’ जस्ता धेरै गितहरुबाट चर्चा कमाएकी भूमीका पछिल्लो समय स्टेच कार्यक्रमहरुमा व्यस्त छिन् । देश तथा विदेशमा हुने मेला महोत्सव, सांस्कृतिक कार्यक्रमहरुमा उनको व्यस्तता बढेको छ ।

भूमीकाको नयाँ गित हालैमात्र बजारमा सार्वजनिक भएको छ । ‘सरर आउ माया’ बोलको उनको गित अहिले सबैको रोजाई बनेको छ । भूमीका गिरी र रामजी खाँणको स्वरमा रहेको ‘सरर आउ माया, मिनी बस चढेर आउ माया’ बोनको उनको गित पछिल्लो समय लोकदोहोरी पारखीहरुको पहिलो रोजाई बनेको छ । दाङ, रोल्पा, सल्यानदेखी देशका विभिन्न महत्वपूर्ण जिल्ला, बजार, नदि एवं पर्यटकीय क्षेत्रलाई गितमा समावेश गरिएको छ ।

मायामा परेको जोडी भेट्नका लागि आतुर भएको समयमा भेट्नकालागि मायालाई भेट्न मिनी बसमा चढेर आँउ भन्दै गितमार्फत मायालुलाई अनुरोध गरिएको छ । धेरै दिनसम्म मायालुसँगको भेट नहुँदाको भाव गितमा समावेश गरिएको छ ।
भूमीका गिरी र रामजी खाँणको स्वर रहेको यस गितको शब्द सिपी मगरको रहेको छ ।

आषिश म्यूजिकले बजारमा ल्याएको यो गितको भिडियोमा मोडलहरु रश्मी तामाङ र दुर्गेश थापाको उत्कृष्ट नृत्य रहेको छ । तामाङ र थापा अहिलेको समयमा सबैले रुचाएका मोडल हुन् । यसका साथै विपेशको पनि यस गितमा अभिनय रहेको छ । अजय रेग्मीले छायांकन गरेको यस गितको भिडियोलाई क्रन्ती केसीले निर्देशन र सम्पादन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*