Home / मनोरञ्जन / सुनिल विसी भन्छन्– ‘रक्सी खाएपछि नाच्न मन लाग्छ’

सुनिल विसी भन्छन्– ‘रक्सी खाएपछि नाच्न मन लाग्छ’

दंगाली सुनिल विसीको नयाँ गित सार्वजनिक भएको छ । दंगाली कलाकार विसीको स्वरमा रहेको पहिलो गित सार्वजनिक भएसँगै दर्शकहरुको रोजाई बनेको छ । गितकार विसीले आफ्नो स्वरमा रहेको गित सार्वजनिक गरेका छन् ।

उनको शब्दमा रहेको गितहरु बजारमा आएपनि विसीको स्वरमा रहेको यो गितभने पहिलो हो । ‘रक्सी खाएसी नाच्न मन लाग्छ’ बोलको यो गित युवाहरुको रोजाई बनेको छ । ‘नाच्न नजानेनि कम्मर भाच्न मन लाग्छ, रक्सी खाएसी नाच्न मन लाग्छ’ बोलको उनको यो गितले दर्शकहरुको मन जितेको छ ।

युवाहरुको रोजाई र्यापर राजेन्द्र भट्ट अर्थात मिस्र आर.जे.को शब्द संगित रहेको यस गितको म्यूजिक भिडियोमा सुनिल, अञ्जली, प्रतिक र चेतनाको अभिनय रहेको छ । बासु न्यौपानेको क्यामरा रहेको यस गितको भिडियोलाई रविन विकेले सम्पादन गर्नुभएकोछ भने अशोक बिकेको निर्देशन रहेको छ ।

भिडियो हेर्न यहाँ क्लीक गर्नुहोस्ः

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*