Home / Feature Breaking news / ‘प्रादेशिक राजधानीका लागि दाङको विकल्प छैन’ केसी

‘प्रादेशिक राजधानीका लागि दाङको विकल्प छैन’ केसी

दाङ,२ पुस

दाङ क्षेत्र नं. ३ वाट निर्वाचित प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसीले पाँच नम्वर प्रदेशको प्रादेशको प्रादेशिक राजधानीको लागि दाङको विकल्प रहेको बताएका छन । नेपाल पत्रकार महासंघ दाङ शाखाले आफनो २५ औँ बार्षिक उत्वसका अवसरमा आइतवार तुलसीपुरमा आयोजना गरेको ‘दाङको विकास र समृद्धिमा नवनिर्वाचित जनप्रतिनिधिहरुको दायित्व’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नवनिर्वाचित केसीले पाँच नम्वर पाँच नम्वर प्रदेशको सेन्टरमा पर्ने र राजधानी निर्माणकालागि आवश्यक पुर्वाधारहरु भएकाले दाङ राजधानी बनाउनुपर्ने बताएका थिए ।
त्यस्तै उनले दाङको विकास र समृद्धिका लागि निर्वाचनका क्रममा आफुहरुले जनताहरुसँग गरेका प्रतिवद्धताहरु पुरा गर्र्न प्रतिवद्ध रहेको बताएका थिए । त्यसका लाग्रि केसीले दाङको समृद्धि र विकास लागि आगामी आर्थिक बर्ष भित्र तुलसीपुरमा रहेको टरीगाउँ एयरपोर्ट र तुलसीपुर–सुर्खेत सडक खण्ड सञ्चालनमा ल्याउने बताएका छन् ।
‘दाङमा रहेको एक मात्र एयरपोट सञ्चालनमा आउन नदिन धेरै चलखेल भएका छन्,जसले गर्दा दाङवासीसँगै राप्तीवासीले हवाई सेवा लिन कहिले नेपालगंज तँ कहिले भैरहवा जानुपर्ने बाध्यता रहेको छ।’कार्यक्रमका प्रमुख अतिथि समेत रहेका केसीले भने–‘तुलसीपुरमा रहेका एकमात्र एयरपोर्टलाई सञ्चालनमा ल्याउन सवैले पहल थालौ । जनप्रतिनिधि भएको नाताले मैले पनि आफनो क्षेत्रवाट पहल गर्छु ।’ त्यससँगै आगामी आर्थिक बर्षमा केन्दवाट बजेट बिनियोजन गरेर तुलसीपुर–सडकलाई सञ्चालनमा ल्याउने प्रतिवद्धता व्यक्त गरे ।

त्यस्तै दाङ क्षेत्र नम्वर ३ (२) प्रदेशसभा सदस्य उत्तरकुमार वलीले आगामी पाँच वर्षभित्र पश्चिम दाङको विकास गरेर जनतालाई विकासको प्रत्याभति दिलाउने बताए । निर्वाचनका क्रममा गाउँगाउँ पुग्दा आफुले जनताले भोग्नु परेका पिडाहरुले भोगेको र त्यीनै समस्याहरु समाधानका लागि आफुलाई जनताहरुले अहिलेको निर्वाचनमा विजयी बनाएकोले भन्दै वलीले जनताका आशाहरुलाई निराशामा बदल्न नदिने बताएका छन । ‘ अहिलेपनि पश्चिम दाङका विकट गाउँवस्तीहरुमा सडक,विद्युत,खानेपानी,सिचाई,शिक्षालगायतका समस्याहरु रहेका छन् ।’ कार्यक्रमका विशिष्ट अतिथि समेत रहेका वलीले भने–‘जनताले भोगेका समस्याहरु समस्याका लागि म प्रतिवद्ध रहेको छ।’

नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सविन प्रियासनको अध्यक्षतामा बोल्ने अन्य बक्ताहरुले नेताहरुले चुनावका समयमा जनतासँग गरेका प्रतिवद्धताहरु पुरा गर्न ध्यान दिनुपर्ने बताए । निर्वाचनमा जित्नकै लागि मात्र नारा बनाउने तर व्यवहारमा लागु नगर्ने नेताहरुको प्रवृति रहेको भन्दै उनीहरुले जनतासँग गरेका प्रतिवद्धताहरुलाई अक्षरस पालना गर्न नेताहरुलाई सुझाव दिए । नेपााल पत्रकार महासंघ दाङ शाखाका उपाध्यक्ष डिल्ली मल्लको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमको सञ्चालन सचिव भुपेन्द्रप्रकाश ओलीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*