Home / Feature Breaking news / मानव अधिकारप्रति सवैको चासो आवश्यक

मानव अधिकारप्रति सवैको चासो आवश्यक

घोराही,२४ मंसिर

आम नागरिकहरुलाई मानवअधिकारको प्रत्याभुति दिलाउन न्यायीक निकाय र प्रशासनिक कार्यलाई प्रभावकारी बनाउन सवैको चासो आवश्यक रहेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।
६९ औँ अन्तराष्ट्रिय मानव अधिकार दिवसका अवसरमा आइतवार मानव अधिकार सञ्जाल दाङले आयोजना गरेको कार्यक्रममा बोल्ने बक्ताहरुले नेपालमा राजनीतिकसँगै सामाजिक परिवर्तन भएपनि जिल्लामा मानवअधिकारको अवस्थामा सुधार आउन नसकेको बताएका छन् । अहिलेपनि महिला र बालिकाहरु घरमै असुरक्षित रहेने अवस्था रहेको भन्दै सहभागीले नयाँ राजनीतिक परिवर्तनसँगै समृद्ध मुलुक निर्माणको बाटोमा मुलुक अघि बढ्दै गर्दा तत्काल दोषीलाई कारवाहीसँगै पीडितलाई न्याय हुने व्यवस्था हुनुपर्ने बताएका थिए ।
कार्यक्रममा बोल्दै नेकपा एमालेका नेता तथा दाङ क्षेत्र नं. २ प्रदेशसभा १का नवनिर्वाचन सांसद शंकर पोख्रेलले लोकतान्त्रीक संविधानको कार्यान्वयन गर्दै आममानिसहरुलाई मानवअधिकारको प्त्याभुति दिलाउनकालागि आफुले प्रशासनिक व्यवस्थामा सुधारसँगै न्यायलयलाई प्रभावीकारी बनाउन जोड दिने बताए । नयाँ संविधान सामाजिक न्याय,राजनीतिक अधिकारसँगै विभेद विरुद्धको संवैधानिक न्यायका हिसावले उत्कृष्ठ रहेको भन्दै नेता पोख्रेलले नयाँ कानून निर्माण गरेर कार्यान्वनको व्यवस्थालाई प्रभावकारी बनाउने बताए । न्यायलयलाई प्रभावकारी बनाउन सके धेरै मानवअधिकारका घट्नाहरुमा कमि आउने पोख्रेलको भनाई थियो ।
‘राजनीतिक परिवर्तनसँगै सामाजिक चेतनाको जागरणले गर्दा मावनअधिकार हनन्का घट्नाहरु धेरै बाहिर आउने गरेका छन् ।’–पाँच नम्वर प्रदेशको मुख्य मन्त्रीको चर्चामा रहेका नेता पोख्रेलले भने–‘ त्यस्ता घट्नाहरुमा कमि ल्याउन न्यायिक निकायलाई चुष्तसँगै प्रशासनिक कार्यलाई प्रभावकारी बनाउन पहल गर्छु ।’
कार्यक्रममा नेपाली काग्रेसकी जिल्ला कोषाध्यक्ष तथा समानुपातिक उम्मेदवार सावित्रा रानाले संविधानमा नेपाली नागरिकको मौलिक अधिकार सुनिश्चित गरिएको भएपनि आम नागरिकहरुले न्यायको महशुस गर्न नसकेको बताईन । अहिलेपनि समाजमा विद्यमान जातीय, वर्गीय, लैंगिक र क्षेत्रीय विभेद कायम रहेको भन्दै उनले मानवअधिकारको पूर्णपालना गर्दै सर्वसाधारण नागरिकहरुलाई न्याको अनुभुति गराउन राज्य गम्भीर हुनुपर्ने बताईन ।

नेकपा एमालेकी समानुपातिक उम्मेदवार सुजिता शाक्यले देशमा भएका परिवर्तनहरुलाई सस्थागत गर्दै शान्ति स्थापना र आममानिसहरुलाई मानवअधिकारको सुनिश्चिता गर्न नयाँ जनप्रतिनिधिहरुले ध्यानदिनुपर्ने बताएकी थिईन ।
त्यस्तै अन्य बक्ताहरुले मानवअधिकार क्षेत्रमा काम गर्ने सरकारी तथा गैह्रसरकारी निकाय, विभिन्न आयोगहरु भएपनि पीडितले छिटो, छरितो र प्रभावकारी ढंगबाट न्याय पाउन नसकेको बताएका थिए । संविधानमा सुनिश्चित गरिएका व्यक्तिको नैसर्गिक अधिकार र मौलिक हकहरुको कार्यान्वयन पक्ष फितलो भएको उनीहरुको भनाई थियो ।
मनव अधिकार सञ्जाल दाङका संयोजक केशवकुमार शर्माको अध्यक्षता तथा शुसिल गौतमको स्वागत मन्तव्यवाट सुरभएको कार्यक्रममाजिल्ला समन्वय समितिका संयोजक जितेन्द्रमान नेपाली,जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी भुवनेश्वर तिवारी, ओरेक नेपालकी जिल्ला कार्यक्रम संयोजक तुलसा गिरी,मानवअधिकारकर्मी श्रीमण न्यौपाने,नागरिक समाज दाङका सचिव चन्द्रराज पन्त,शालिकराम चौधरी,उद्धव न्योपाने,सुनिलकुमार पोख्रेललगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन हरप्लेस दाङका कार्यक्रम संयोजक बिनोद केसीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*