Home / Election / दाङ क्षेत्र नं. २ प्रदेश सभा (१) मा शंकर पोख्रेल विजयी

दाङ क्षेत्र नं. २ प्रदेश सभा (१) मा शंकर पोख्रेल विजयी

घोराही,२३ मंसिर

दाङ क्षेत्र नं. २ प्रदेश सभा (१) मा वाम गठबन्धनका उम्मेदवार तथा नेकपा एमालेका नेता शंकर पोख्रेल विजयी भएका छन् । उनले आफ्ना प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार कमलकिशोर घिमिरेलाई करीव नौ हजार मतले पछि पार्दै विजयी भएका हुन ।

पोख्रेलले २० हजार ७ सय ११ मत प्राप्त गर्दै बिजयी भएका हुन । उनका प्रतिद्वन्दी नेपाली काग्रेसका उम्मेदवार घिमिरेले ११ हजार १ सय ७८ मत प्राप्त गरेका थिए । पोख्रेल दोश्रो संविधानसभा २०७० को निर्वाचनमा दाङ साविक निर्वाचन क्षेत्र नं.४ मा पराजित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*