Home / Election / हुम्लामा स्वतन्त्र उम्मेदवार लामा विजयी

हुम्लामा स्वतन्त्र उम्मेदवार लामा विजयी

हुम्ला,२२ मंसिर

एउटा मात्रै निर्वाचन क्षेत्र रहेको हुम्ला जिल्लामा वाम गठबन्धनका वागी उम्मेदवार छक्कबहादुर लामा विजयी भएका छन् ।
लामा ४७ मतले कांग्रेसलार्इ पछि पार्दै विजयी भएका हुन् । लामाले ८४९१ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी कांग्रेसका मंगलबहादुर शाहीले ८४४४ मत ल्याएका छन् ।

यस्तै वाम गठबन्धनका आधिकारिक उम्मेदवार छिमिदोर्जे लामाले २७ सय मत पाएका छन् ।

माओवादीले टिकट नदिएपछि एमाले(माओवादीको वाम गठबन्धनबाट उम्मेदवार बनेका छिमिदोर्जेविरुद्ध छक्क लामाले वागी उम्मेदवारी दिएका थिए ।

को हुन् छक्कबहादुर लामा ?

कलम चिन्हमा चुनाव लडेका छक्क बहादुर लामा हुम्ला जिल्लाका कम्युन्ष्ट विचारकका रुपमा चिनिन्छन । उनलाई नै जिल्लाको पहिलो कम्युनिस्ट विचारधारा बोकेको नेताका रूपमा चिनिन्छ ।

पूर्व सांसद लामा पूर्व राज्यमन्त्री समेत हुन् ।

जिल्लाका वाम बुद्धिजीवी नेताका रुपमा चिनिएका लामा विभिन्न पाँच देशका भाषामा दक्ष छन् ।

लामा माओवादी केन्द्रका पोलिब्युरो सदस्य हुन् । तर, उनले पार्टीकै आधिकारिक उमेदवार छिमिदोर्जे लामाबिरुद्ध वागी उम्मेदवारी दिएपछि कारवाहीमा परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*