Home / Election / दाङको चुनावः क्लिन स्वीप गर्ने कांग्रेस र बामगठबन्धनको आ–आफ्नै दाबी

दाङको चुनावः क्लिन स्वीप गर्ने कांग्रेस र बामगठबन्धनको आ–आफ्नै दाबी

घोराही, १८ मंसिर
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको डेट नजिकिदै दाङमा मत आफनो पक्षमा पार्न दलहरु अन्तिम कसरतमा छन् । चुनावी प्रक्रियामा धेरै दलहरु रहेपनि दाङलाई लोकतान्त्रिक गठ बनाउने कि लाल कम्युनिष्ठ किल्ला बनाउनेका विचमा कडा प्रतिस्पर्धा हुने देखिन्छ ।

नेपाली कांग्रेस आफुले २०७० सालको जितलाई दोहो¥याउदै स्थानीय तहको चुनावको हारलाई भुल्न चाहान्छ भने वामगठबन्धन उम्मेदवारहरु स्थानीय तहको चुनावमा जितेको क्षेत्रलाई कायम राख्दै दाङलाई लाल किल्लाका रुपमा स्थापीत गर्न चाहान्छन् । यहि मिसनका साथ प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरु चुनावी प्रचारमा ब्यस्त छन् ।

प्हिलो र दोश्रो सविधानसभाको निर्वाचनमा ५ वटा निर्वाचन क्षेत्रहरु रहेको दाङमामा यसपटक प्रतिनिधिसभाका ३ र प्रदेशसभका ६ सिटहरु रहेका छन् । ३ प्रतिनिधिसभा सिटका लागि ३० जना उम्मेदवार छन् । भे प्रदेशसभाका ६ सिटका लागि ५१ जना उम्मेदवारहरु चुनावी मैदानमा छन् । दाङमा तीनव वटै निर्वाचन क्षेत्रमा कांग्रेस र वाम गठबन्धनबीच नै कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

नेपाली काग्रेस र फोरम लोकतान्त्रीकलगायतका लोकतान्त्रीक गठबन्धन र नेकपा एमाले र माओवादी केन्द्रको बाठगठबन्धनमा माध्यमवाट निर्वाचनमा होमिएका छन ।

यसैका साथै राष्ट्रिय जनमोर्चा, नेकपा माले, संघीय समाजवादी फोरम, नेकपा क्रान्तिकारी माओवादीको देशभक्त गणतान्त्रीक मोर्चा, राष्ट्रिय जनमुक्ति पार्टी, नेशनल मंगोलियन अर्गनाईशन पार्टीलगायतका दलहरु चुनावी प्रतिष्पर्धामा सहभागी छन । यद्यपी लोकतान्त्रिक गठबन्धन र बामगठबन्धनका विच नै कडा प्रतिष्पर्धा हुने अधिकांसको बुझाई रहेको छ ।

कांग्रेस र वाम गठबन्धन दुबैले प्रतिनिधिसभाका तीनसहित प्रदेशसभाका छ सिट जित्ने गठबन्धनका आ–आफ्नै दावीसँगै नतिजाको प्रखाईमा रहेको समेत बताउने गरेका छन । दाङमा लोकतान्त्रिक गठबन्धनवाट नेपाली काग्रेसका केन्द्रीय सदस्य दिपक गिरी,बहालवाला श्रम तथा रोजगार राज्यमन्त्री डिल्लीबहादुर चौधरी,नेपाली काग्रेसका युवा नेता तथा निवर्तमान सांसद राजु खनाललगायतका उम्मेदवारहरु चुनावी मैदानमा रहेका छन ।

त्यस्तै बामगठबन्धनवाट बहालवाला उपप्रधानमन्त्री तथा नेकपा माओवादीका नेता कृष्णबहादुर महरा,पूर्व मन्त्री तथा नेकपा एमालेका स्थायी कमिटि सदस्य शंकर पोख्रेललगायतका उम्मेदवारहरु आफनो पक्षमा जनमत तान्न मतदातका माझमा रहेका छन ।

दाङमा ३ लाख ३८ हजार नौ सय ५३ मतदाता रहेका छन । जस मध्य एक लाख ६६ हजार एक सय १८ पुरुष, एक लाख ७२ हजार ८ सय ३३ जना महिला र २ जना तेस्रो लिंगी रहेको छन । स्थानीय तहको निर्वाचनको समयमा दाङमा दुई लाख ९१ हजार एक सय ७३ जना मतदाता रहेका थिए । स्थानीय तहको निर्वाचनपछि करिव ४७ हजार सात ४६ जना मतदाता थपिएका छन ।

दुई चौधरीबिच टक्कर
निर्वाचन क्षेत्र नं. १ मा यस पटक दुई थारु समुदायका उम्मेदवारविच प्रतिष्पर्धा हुने भएको छ । थारु बाहुल्यता रहेको यस क्षेत्रमा लोकतान्त्रिक गठबन्धनबाट नेपाली काग्रेसकी निवर्तमान सांसद सुशीला चौधरी र बामगठबन्धनवाट नेकपा एमालेका बैकल्पीक केन्द्रीय सदस्य तथा दाङ इन्चार्ज मेटमणी चौधरीलाई उम्मेदवार बनाएको छ ।

देउखुरीको सिसहनिया निवासी सुशीला चौधरी २०७० सालमा भएको दोश्रो संविधानसभाको निर्वाचनमा साविक क्षेत्र नं. २ वाट निर्वाचित हुन । भने मेटमणि चौधरी पहिलो पटक संसदीय चुनाव लड्दै छन । क्षेत्र नं. १ नेपाली काग्रेसका प्रभावशाली नेता तथा पूर्व मन्त्री खुमबहादुर खड्काको क्षेत्रसँगै काग्रेसको पटक क्षेत्रका रुपमा रहेको र काग्रेसलाई फोरम लोकतान्त्रिको समेत समर्थन रहेकाले काग्रेसले चुनाव जित्ने दावी छ । स्थानीय तह निर्वाचनमा यस क्षेत्रका अधिकांस वडाहरु नेकपा एमालेले जितेको र अहिले निर्वाचनमा माओवादी केन्द्रको समेत साथ रहेकाले बामगठबन्धनका उम्मेदवारले चुनाव जित्ने बाठगठबन्धन बताउदै आएको छ ।

यसका साथै यस क्षेत्रमा राट्रिय जनमोर्चाका कपिलदेव खनाल,संघीय समाजवादी फोरमका अशोक यादव,नयाँ शक्ति पार्टीका होमप्रसाद शर्मा,नेपाली काग्रेस (बिपी) पार्टीवाट उक्त पार्टीका जिल्ला संयोजक अशोक खड्कासहित स्वतन्त्र रुपमा सुरेन्द्र चौधरी,परशुनारायण चौधरी र गौरसिंह महर उम्मेदवार बनेका छन । यस क्षेत्रमा एक लाख ११ हजार ९६ मतदाता रहेका छन् ।

थापा र चौधरीको प्रतिष्पर्धा
प्रदेशसभा तर्फ १ (१) मा लोकतान्त्रिक गठबन्धनवाट नेपाली काग्रेसका प्रदीप थापा र बामगठबन्धनवाट नेकपा माओवादी केन्द्रका नेता इन्द्रजीत चौधरीकाबीच कडा प्रतिष्पर्धा हुने देखिन्छ । आठ जना उम्मेदवार रहेका यस क्षेत्रमा थापा र चौधरीको आ–आफनै जित्ने दावी गर्दै आएका छन् ।

थापा नयाँ भएपनि काग्रेसका पुराना र विकासप्रेमी नेताका रुपमा परिचित छन भने चौधरीलाई नेपाली काग्रेसका पूर्व मन्त्री तथा केन्द्रीय खुमबहादुर खड्कालाई हराएकाले अहिले पनि जित्ने दावी छ । यसैका साथै नेकपा माओवादी केन्द्र र एमाले मिलेकाले पनि बामगठबन्धन जित निश्चित भएको बताउने गरेको छ ।

यस क्षेत्रमा नयाँ शक्तिबाट एकराज चौधरी, राष्ट्रिय जनमोर्चाबाट जगतप्रसाद पोख्रेल, राष्ट्रिय जनमुक्ति पार्टीबाट रणबहादुर यादव, मालेबाट सविता जीसी, संघीय समाजवादी फोरम नेपालबाट सीताराम यादव र स्वतन्त्रबाट चुडामणि चौधरीको उम्मेदवारी रहेको छ ।

जानकी र रेवतिको प्रतिस्पर्धा
प्रदेश सभातर्फ १ (२) मा १० जना उम्मेदवारी रहेपनि मुख्य प्रतिष्प्रर्धा नेपाली काग्रेसका जानकीलाल बस्नेत र वाम गठबन्धनबाट एमालेका रेवतीरमण शर्माका विच हुने देखिन्छ । शर्मा पहिलो र दोस्रो संविधानसभा चुनावमा पराजित उम्मेदवार हुन भने बस्नेत नयाँ हुन् । सामाजिक व्यक्तिका रुपमा परिचित बस्नेत विकासप्रेमी नेताका रुपमा परिचित छन भने शर्मा कम्युनिष्ठ भित्रका त्यागी नेताका रुपमा परिचित छन ।

प्रदेश १ (२) मा राप्रपा प्रजातान्त्रिकका किरणकुमार बुढाथोकी, नेकपा मालेबाट कृष्णबहादुर क्षेत्री, राष्ट्रिय जनमोर्चाबाट ठाकुरप्रसाद भण्डारी, नयाँ शक्तिबाट दिलबहादुर महतारा, वैद्य माओवादीको देशभक्त जनगणतान्त्रिक मोर्चाबाट नरेन्द्रबहादुर बञ्जाडे, संघीय समाजवादी फोरम नेपालबाट भरतलाल चौधरी, संघीय खम्बुवान लोकतान्त्रीक पार्टीबाट भक्तबहादुर घर्तीमगर र स्वतन्त्रबाट दिकपाल योगीको उम्मेवारी रहेको छ ।

खनाल र महराबीच कडा प्रतिस्पर्धा
जिल्लाका ३ वटा निर्वाचन क्षेत्र मध्य क्षेत्र नं. २ लाई निकै महत्वका साथ हेरिएको छ । यस क्षेत्रमा बहालवाला उपप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता कृष्णबहादुर महरा,नेकपा एमालेका स्थायी कमिटि सदस्य तथा भावी पाँच नम्वर प्रदेशका मुख्यमन्त्रीका रुपमा अघि सारिएका शंकर पोख्रेलसँगै नेपाली काग्रेसका युवा नेता राजु खनाललगायको उम्मेदवारी रहेको छ ।

एक लाख ८ हजार ८ सय ७० मतदाता रहेको यस क्षेत्रको प्रतिनिधिसभाका लागि बामगठबन्धनका उम्मेदवार कृष्णबहादुर महरा र नेपाली काग्रेसका उम्मेदवार राजु खनालबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । यद्यपी दुवै उम्मेदवारहरुले आफुहरुले फराकिलो मतले बिजयी हुने बताउदै आएका छन । साविक क्षेत्र नं.३ हुदा पहिलो संविधानसभा २०६४ मा महरा र दोश्रो संविधानसभा २०७० निर्वाचनमा खनाल यसै क्षेत्रवाट बिजयी भएका थिए ।

यी सँगै २ बाट प्रतिनिधिसभाका लागि राष्ट्रिय जनमोर्चाका गणेशप्रसाद आचार्य, नयाँ शक्ति पार्टी नेपालका गगन शाह, नेकपा मालेका भोजबहादुर विश्वकर्मा, संघीय खम्बुवान लोकतान्त्रिक पार्टी नेपालका टेकमान बुढा, राष्ट्रिय जनमुक्ति पार्टीका ठाकुर रोका, मंगोल नेशनल अर्गनाइजेसन पार्टीका दिलमाया बुचा र स्वतन्त्र रुपमा बालाराम पौडेल उम्मेदवार रहेका छन ।

शंकरलाई कमलको चुनौति
प्रदेशसभा (१) मा नेकपा एमालेका स्थायी कमिटि सदस्य शंकर पोख्रेलले नेपाली काग्रेसका युवा नेता कमलकिशोर घिमिरेसँग प्रतिस्पर्धा गर्दैछन् । एमाले नेता पोख्रेल दोश्रो संविधानसभाको निर्वाचनवाट साविक क्षेत्र नं ४ मा पराजित भएका थिए । नेपाली काग्रेसका उम्मेदवार बुद्धिराम भण्डारीसँग पराजीत उम्मेदवार पोख्रेल अहिले पाँच नम्वर प्रदेशको मुख्यमन्त्री भन्दै प्रदेश २ (१)वाट भोट छन । नेपाली काग्रेसका पूर्व जिल्ला सचिव घिमिरे आफु स्थानीय नेता भएको र स्थानीयले आफुलाई माया गर्ने र भोट समेत दिने भएका कारण आफुले चुनाव जित्ने बताउदै आएका छन ।

यीबाहेक राष्ट्रिय जनमुक्ति पार्टीकी आशा नेपाली, नेकपा मालेका कपिलदेव पोख्रेल, राष्ट्रिय जनमोर्चाबाट खडानन्द खनाल, नयाँ शक्तिबाट पदमा बानिया, संघीय खम्बुवान लोकतान्त्रिक पार्टीबाट बमबहादुर बुढामगर उम्मेदवार छन् । स्वतन्त्रतर्फ विश्वनाथ ज्ञवाली र सोमराज रैदासको प्रदेशसभामा उम्मेदवारी रहेको छ ।

पाकाबीचको प्रतिस्पर्धा

दाङ क्षेत्र नम्बर २ को (२) मा दुई मा कांग्रेसका भरतबहादुर न्यौपाने र बामगठबन्धनवाट अमरबहादुर डागीबीच कडा प्रतिष्पर्धा हुने देखिन्छ । यस क्षेत्रमा ९ जना उम्मेदवारको उम्मेदवारी रहेपनि न्यौपाने र डागीबीचमा नै तिव्र प्रतिस्पर्धा हुने मतदाताहरुको अनुमान रहेको छ । न्पौपाले आफु यहि ठाउँ निवासी र आफुको पहलमा यस क्षेत्रको धेरै विकास भएकाले मतदाताहरुले आफुलाई निर्वाचनमा बिजयी गराउने विश्वास छ ।

भने डागीले घोराही उपमहानगरपालिकाको मयेरहुदा राम्रो काम गरेकार चुनाव जिते फेरी पनि त्यस्तै काम गर्ने भएकाले जनताहरुले आफुलाई बिजयी गराउने उनको विश्वास रहेको बताउदै आएका छन ।

यसका साथै नयाँ शक्ति पार्टीका कृष्णप्रसाद चौधरी, नेकपा मालेका जितबहादुर वली, राष्ट्रिय जनमोर्चाका टीका बहादुर वि.क, संघीय खम्बुवान लोकतान्त्रिक पार्टीबाट बुद्धिमान चौधरी, देशभक्त जनगणतान्त्रिक मोर्चाबाट रामजी थारु र राष्ट्रिय जनमुक्तिबाट शालिकराम नेपालीे उम्मेदवार रहेका छन् ।

पूर्व मन्त्री गिरीसँग केसी
कुल एक लाख १८ हजार नौ सय ८७ मतदाता रहेको क्षेत्र नं. ३मा नेपाली काग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सिचाई मन्त्री दिपक गिरीसँग बामगठबन्धनका नेकपा एमालेका जिल्ला सचिव हिराचन्द्र केसीले प्रतिस्पर्धा गर्दै छन् ।

गिरी सोही क्षेत्रवाट २०७० सालमा भएको दोश्रो संविधानसभाको निर्वाचनमा बिजयी भएका नेता हुन । गिरीले दोश्रो संविधानको निर्वाचनमा नेकपा एमालेका नेता उत्तरकुमार ओलीलाई पराजित गरेका थिए ।

ओली अहिले क्षेत्र नं ३ (२)मा प्रदेशसभाका लागि उम्मेदवार रहेका छन । नेताहरुको आपसी मेतभेदका कारण स्थानीय तहको निर्वाचनमा तुलसीपुर नगरपालिकाको मेयर र उपमेयरको निर्वाचन हार बेहोरेपनि अहिले नेताहरु मिलेको र आफु सिचाई मन्त्री हुदा सिचाईका लागि पश्चिम दाङमा उल्लेख्य कामसँगै बृह्त्तर दाङ सिचाई आयोजनालगायतका महत्वपुर्ण योजनाहरु पार्न सफल भएकाले आफुले क्षेत्र नं. ३मा जित्ने पका भएको बताउदै आएका छन ।

त्यस्तै बाठगठबन्धनवाट उम्मेदार बनेका केसीपनि स्थानीय तहमा नेकपा एमालेले धेरै गाउँपालिकासँँगै तुलसीपुर उपमहानगरपालिकाको मयेर र उपमेयर जितेको र अहिले नेकपा माओवादी केन्द्रको समेत सहयोग रहेकाले कारण आफुले जित्ने पक्का भैरहेको उनले बताउने गरेका छन् ।

राष्ट्रिय जनमोर्चावाट कमला जिसी, नयाँ शक्ति पार्टीबाट हरिप्रसाद रिजाल, संघीय खम्बुवान लोकतान्त्रिक पार्टीबाट शेरबहादुर आलेमगर, नेकपा माले पार्टीबाट हिमलाल चौधरी र मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीको देशभक्त जनगणतान्त्रिक मोर्चाबाट हिरामणी पौडेल प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन् । स्वतन्त्र रुपमा बालकृष्ण शर्मा,यादव भण्डारी र नरबहादुर वलीको उम्मेदवारी छ ।

दाङ क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका लागि तीनजना स्वतन्त्रसहित १० जना उम्मेदवार प्रतिस्पर्धामा होमिएका छन् । तर, कांग्रेसका दीपक गिरी र वाम गठबन्धनबाट एमालेका दाङ जिल्ला सचिव समेत रहेका हिराचन्द्र केसीका विचमा नै मुख्य प्रतिस्पर्धी हुने छ ।

राज्यमन्त्री चौधरीसँग अपारको प्रतिस्पर्धा

दाङ क्षेत्र नम्बर ३ मा प्रदेशसभा ३ (क) तर्फ ८ जना उम्मेदवार छन् । श्रम तथा रोजगार राज्यमन्त्री डिल्लीबहादुर चौधरीसँग बामगठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका नेता जगप्रसाद शर्मा ‘अपार’ले प्रतिस्पर्धा गर्दै छन् । चौधरी थारु समुदायका बिचमा लोकप्रिय मानिन्छन भने अपरा नयाँ नेता भएका कारण पनि चौधरीले जित्ने दावी गर्दै आएका छन ।

यसका साथै नयाँ शक्तिबाट नेत्रलाल भट्टराई, राप्रपा प्रजातान्त्रिकबाट प्रेमबहादुर शाह, राप्रपा राष्ट्रवादीबाट सन्तोष कवर योगी, राष्ट्रिय जनमोर्चाबाट भरत भण्डारी, राष्ट्रिय जनमुक्तिबाट लीला पहाडी र नेकपा मालेबाट शालिकराम चौधरी उम्मेदवार छन् । तर नयाँ शक्तिवाट उम्मेदवारी बनेका नेत्रलला भट्राई केही दिन पहिले मात्र काग्रेसमा प्रवेश गरेका छन ।

पूर्व सांसद भण्डारीलाई नयाँको चुनौति
त्यस्तै क्षेत्र नं.३ (ख) मा पूर्व सांसद बुद्धिराम भण्डारीसँग बामगठबन्धनवाट नेकपा एमालेका नेता उत्तरकुमार ओलीले प्रतिस्पर्धा गर्दैछन् । काग्रेसको पकट क्षेत्रका रुपमा रहेको क्षेत्र नं.३मा साविक निर्वाचन क्षेत्र नं.४ हुदा भण्डारीले नेकपा एमालेका तत्कालिन सचिव शंकर पोख्रेललाई पराजित गरेका कारण अहिले पनि चुनाव जित्ने बताउदै आएका छन । भने ओली निर्वाचन क्षेत्र नं ५ हुदा नेता गिरीसँग पराजित भएका थिए । यीसँगै राष्ट्रिय जनमोर्चा पार्टीका देवबहादुर कामी, राष्ट्रिय जनमुक्ति पार्टीका धनराज विश्वकर्मा, नयाँ शक्ति पार्टीका रुद्रबहादुर केसी, नेकपा मालेका टोपबहादुर डाँगी र स्वतन्त्र उम्मेदवार लिलाधर खड्काको पनि उम्मेदवारी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*