Home / Election / एक महिनामा दश हजार व्यक्ती कांग्रेसमा प्रवेश

एक महिनामा दश हजार व्यक्ती कांग्रेसमा प्रवेश

दाङ, १८ मंसीर
निर्वाचनको समयमा पछिल्लो एक महिनामा दाङमा १० हजार जना व्यक्तीहरु कांग्रेसमा प्रवेश गरेका छन् । निर्वाचनको प्रचारप्रसारका क्रममा एमाले, माओवादी लगायत अन्य दलहरु छाडेर कांग्रेसमा १० हजार जना प्रवेश गरेको कांग्रसका जिल्ला सचिव शंकरप्रसाद डाँगीले जानकारी दिनुभयो ।

विभिन्न दलका केन्दिय्र सदस्यदेखी स्थानीय कार्यकताहरु कांग्रेसमा प्रवेश गरेको उहाँले जानकारी दिनुभयो । साथै नवप्रवेशीहरुलाई पार्टिमा स्वागत गर्दै उहाँले कांग्रेसका उमेद्वारहरुलाई विजयी बनाउनकालागि लाग्न अनुरोध गर्नुभएको छ ।

नवप्रवेशीहरुले कांग्रेसले मात्र लोकतन्त्रको रक्षा गर्न सक्ने र लोकतन्त्रमा मात्र जनताले अधिकार पाउने भएकाले कंग्रेसमा प्रवेश गरेको बताउने गरेका छन् । यसले बाम गठबन्धनलाई ठुलो धक्का पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*