Home / Election / कांग्रेसलाई मत दिन मतदातामा अनुरोध

कांग्रेसलाई मत दिन मतदातामा अनुरोध

घोराही, १८ मंसिर
नेपाली काग्रेस दाङले यही मंसीर २१ गते हुने प्रतिनीधी सभा र प्रदेश सभाको निर्वाचनमा कांग्रेसको पक्षमा मतदान गर्न सम्पूर्ण जिल्लाबासीहरुमा अनुरोध गरेको छ ।

जिल्ला सभापति कृतिबहादुर खड्का र सचिव शंकरप्रसाद डाँगीले आज एक विज्ञप्ती निकाले २१ गतेको निर्वाचनमा कांग्रेसका उमेद्वारहरुलाई विजयी बनाउन सम्पूर्ण जिल्लाबासी मतदाताहरुलाई अनुरोध गर्नुभएको छ ।

लोकतन्त्र रक्षा, सांविधानको सहि कार्यान्वयन, शान्ति र समृद्धिकालागि कांग्रेसको चुनाव चिह्नमा मतदान गरि विजयी बनाउन सम्पूर्ण मतदाताहरुलाई विज्ञप्तीमा अनुरोध गरिएको छ । साथै कांग्रेसको पक्षमा मत पार्नकालागि सबै नेता कार्यकर्ताहरुलाई लागीपर्न पनि विज्ञप्तीमा अनुरोध गरिएको छ ।

यस्तै साविक निर्वाचन क्षेत्र नम्बर २ र ३ ले पनि कांग्रेसका उमेद्वारहरुलाई मत दिएर विजयी बनाउन सम्पूर्ण मतदाताहरुलाई अनुरोध गरेको छ । क्षेत्रीय सभापतिहरु भुपबहादुर डाँगी र गिरिराज सुवेदीले आज संयुक्त विज्ञप्ती निकालेर कांग्रेसका मतदाताहरुलाई मतदान गरि विजयी बनाउन अनुरोध गर्नुभएको छ ।

निर्वाचन क्षेत्र नम्बर २ का उमेद्वारहरुले पनि आफूलाई मतदान गर्न सम्पूर्ण मतदाताहरुलाई अनुरोध गर्नुभएको छ । तिनै जना उम्मेदवारहरुले आज एक अपिल जारि गरि मुलुकमा शान्ति र समृद्धिका लागि नेपाली काग्रेसको चुनाव चिन्ह रुखमा मतदान गरि अत्यधिक मतका साथ बिजयी गराउन आग्रह गर्नु भएको छ ।

नेपाली काग्रेसको तर्फबाट प्रतिनीधी सभा सदस्यका उमेद्वार राजु खनाल, प्रदेश सभा १ का उमेद्वार कमल किशोर घिमीरे र प्रदेश सभा २ का उमेद्वार भरतबहादुर न्यौपानेले अपील जारी गरि कांग्रेसको पक्षमा मतदान गरेर आफूहरुलाई विजयी बनाउन अनुरोध गर्नुभएको छ ।

अपीलमा निर्वाचन प्रचारको क्रममा सबै घरमा पुग्न नसकेको भएपनि सम्पूर्ण मतदाताहरुको समस्यामा सँगसगै रहेको भन्दै अब देशलाई सही बाटोमा लग्नकालागि शान्ति, विकास र समृद्धिकालागि कांग्रेसको चुनाव चिह्नमा मतदान गरि आफूहरुलाई विजयी बनाउन उहाँहरुले अनुरोध गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*