Home / Election / ‘पाहुना त आउछ जान्छ, साथ दिने त घरको मान्छे नै हो’

‘पाहुना त आउछ जान्छ, साथ दिने त घरको मान्छे नै हो’

घोराही, १७ मंसीर
घोराहीका मतदाताहरुले यसपटकको निर्वाचनमा स्थानीय उमेद्वारलाई नै विजयी बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । नेवार समुदायले आयोजना गरेको कार्यक्रममा सहभागि उनीहरुले यस पटकको निर्वाचनमा स्थानीय उमेद्वारलाई मत दिएर विजयी बनाउने बताए ।

कार्यक्रममा सहभागि भएका सबैले यो निर्वाचनमा स्थानीय व्यक्तीलाई विजयी बनाउने भन्दै यही अभियानमा लाग्न सबैलाई अनुरोध गरेका हुन् । ‘हामीलाई पाहुना उमेद्वार चाहिएको छैन, घरकै सदस्यलेमात्र हाम्रो समस्या बुझ्छ’ एक सहभागिले भने–‘पाहुना त आउछ जान्छ सधै साथ र सहयोग दिने त घरकै सदस्य हो ।’ सहभागिहरुले नेपाली कांग्रेसका तर्फबाट उमेद्वार बनेका राजु खनाललाई घरकै सदस्य मान्छन् । उनीहरुले खनाललाई पटक–पटक घरकै सदस्य भनेर सम्बोधन गरिरहे ।

‘राजु खनाल हाम्रो घरकै सदस्य हो, यही ठाँउको हो सधै हाम्रो साथमै हुनुहन्छ ।’ अर्का सहभागिले भने–‘पाहुनालाई रुपमा पराजयले विदाई गर्ने हो ।’ सहभागिहरुले २०७० सालको निर्वाचनमा पनि खनाललाई अत्यधिक मतले विजयी बनाएको भन्दै यो निर्वाचनमा पनि विजयी बनाउनकालागि सबै आफ्नो क्षेत्रबाट लागिपर्ने बताएका छन् ।

कार्यक्रममा बोल्दै खनालले सधै दंगालीको सुखदुखमा सँगसँगै भएको बताए । उनले नेवार समुदायसँगै सम्पूर्ण सहुदाय, जाति, धर्मको सम्मान गर्दै अब दाङको समृद्धि र विकासकालागि कांग्रेसलाई विजयी बनाउन अनुरोध पनि गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*