Home / Election / दाङ प्रादेशीक राजधानीकालागि कांग्रेसले जित्नुको विकल्प छैनः खनाल

दाङ प्रादेशीक राजधानीकालागि कांग्रेसले जित्नुको विकल्प छैनः खनाल

घोराही, १७ मंसीर
नेपाली कांग्रेसका प्रतिनिधि सभा क्षेत्र नम्वर २ का उमेद्धार राजु खनालल नेपाली कांग्र्रेस प्रादेशिक राजधानीका लागि नेपाली काग्रेस प्रतिवद्ध रहेको बताए । त्यसका लागि आफु सांसद रहदा देखि नै भौतिक निर्माणलाई प्राथकिक्ता दिएर अगाडि वढेको बताए ।

नेपाल पत्रकार महासंघ दाङले आयोजना गरेको ‘समृद्ध दाङ, दाङ राजधानी’ विषयक साक्षत्कार कार्यक्रममा बोल्दै खनालले नेपाली काग्रेसले प्रादेशिक राजधानीका लागि पुर्वाधार निर्माण अन्र्तग सडक निर्माण, मेडिकल कलेज स्थापना, सिंचाई, खानेपानी सेवा तथा एरपोट सञ्चालनका लागि पहल गरेको बताए ।

उनले भने ‘नेपाली काग्रेसका कुनै दुविधा छैन शिर्ष नेताको समेत सहमती रहेको छ’ । खनालले दाङको समृद्धि नै आफनो समृद्धि भएको बताए । उनले भने‘ दाङ वासी रहेकाले दाङको समृद्धि नै मेरो समृद्धि हो’ । अव देशमा आर्थिक समृद्धि आवस्यक रहेको भन्दै त्यसकालागि अगाडि वढने बताए । खनालले आफुले ल्याएका योजना निर्माणमा ढिला हुदा आफुलाई वदनाम गराउन खोजिएको बताए ।

उनले भने ‘ योजना मैले ल्याएको हु यसमा गर्व छ काम नगर्नेलाई कारवाही गर्ने सांसदले कि मन्त्रीले म सांसद मात्र हु मन्त्री उहाहरु ह्ुनु हुन्छ’ । आफुले पटक पटक ठेकदारलाइ कारवाही गर्ने भने पनि कारवाही गर्ने सम्वन्धीत निकायले नसकेको बताए । उनले आफु जिल्लामा हवाई यातायात सञ्चालन गर्नेका लागि पर्ने बताए । उनले भने ‘ नाम मात्र रहेको एरपोर्टलाई सञ्चालनमा ल्याउन पहल गर्ने छु’ ।

तुल्सीपुरमा रहेको एरपोर्टलाई सञ्चालनमा ल्याउने र नारायणपुरमा अन्र्तराष्ट्रिय एरपोर्ट वनाउन लागि पर्ने बताए । खनालले जिल्लामा स्थापना हुने भनिएको औद्योगिक करिडोरलाई सञ्चालनकमा ल्याउनका लागि अगाडि वढने बताए । औद्योगिक क्षेत्रको विकास नहुदा सम्म आर्थिक रुपमा अगाडि वढन नसकिने खनालको भनाई रहेको छ ।

उनले भने‘ अहिले अलपत्रमा परेको औद्योगिक क्षेत्र वनाउन म लागि पर्ने छु’ । खनालले आफु जन प्रतिनिधि भएर शिर झुकाउने काम नगरेको बताए । उनले भने ‘ मैले जनता संग सिर झुकाउने काम गरेको छैन’ । देशमा विकास र समृद्धि नेपाली काग्रेसको नेतृत्वमा सफल हुने उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*