Home / Election / कांग्रेस क्रेजः शनिवार दुई नम्बर क्षेत्रमा ५ सय बढि कांग्रेसमा प्रवेश

कांग्रेस क्रेजः शनिवार दुई नम्बर क्षेत्रमा ५ सय बढि कांग्रेसमा प्रवेश

घोराही, १६ मंसीर
निर्वाचन नजिकिदै गर्दा कांग्रेसमा प्रवेश गर्नेहरुको लर्को नै लागेको छ । निर्वाचन क्षेत्र नम्बर २ मा कांग्रेसप्रतिको लहर ह्वात्तै बढेको छ । शुक्रवार हापुर र सौडियारबाट डेढ सय बढि कांग्रेसमा प्रवेश गरेका थिए भने शनिवार यस क्षेत्रमा ५ सय बढि व्यक्तीहरु एमाले र माओवादी पार्टि परित्याग गरि कांग्रेसमा प्रवेश गरेका छन् ।

शनिवार घोराही उपमहानगरपालिका वडा नम्बर १६ मा ३ सय बढि कांग्रेसमा प्रवेश गरेका छन् भने घोराही १८ मा ५० जना प्रवेश गरेका छन् । यस्तै बंगलाचुली गाँउपालिकामा १ सय ५० बढि व्यक्तीहरु कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेसप्रतिको क्रेज कांग्रेसप्रतिको विश्वासले आफूहरु कांग्रेसमा प्रवेश गरकोे नवप्रवेशीहरुले बताएका छन् ।

उनीहरुले एमाले र माओवादीले चुनावको समयमा मात्र चिल्ला चिल्ला कुरा गर्ने अनावश्यक झुटा आश्वासन बाढ्ने गरेको बताए । उनीहरुले अब कांग्रेसमा उमेद्वारहरुलाई विजयी बनाउनकालागि लागिपर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।

नवप्रवेशीहरुलाई प्रतिनीधी सभा सदस्कया उमेद्वार राजु खनाल, प्रदेश सभा सदस्यका उमेद्वार भरतबहादुर न्यौपाने र कमल किशोर घिमीरेले स्वागत गर्दै सदस्यता प्रदान गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*