Home / Election / संगीतमय कांग्रेसको सभा

संगीतमय कांग्रेसको सभा

दाङ, १५ मंसीर
निर्वाचनको मिति नजिकिदै गर्दा चुनावी प्रचारप्रसार पनि उमेद्वारहरुले तीव्र बनाएका छन् । घरदैलो र सभाहरुमा उनीहरु व्यस्त हुने गरेका छन् । मत कसरी आफ्नो पक्षमा पार्ने भनेर अन्तिम कसरतमा उनीहरु लागेका छन् । आफ्नो मतलाई कसरी सुरक्षीत गर्ने र अन्य मत कसरी थप्ने भन्ने दाउमा उमेद्वारहरु छन् ।

उमेद्वारहरु अब केही दिन मात्र बाँकी रहदा प्रचारप्रसारकालागि घरदैलो र सभाहरुमा व्यस्त छन् । कांग्ेसका सभाहरु संगितमय बन्ने गरेका छन् । नेपाल सांस्कृतिक संघले कांग्रेसका सभाहरुमा साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत गर्ने गरेका छ ।

संघका सचिव राजेन्द्र दाहालको नेतृत्वमा घरदैलो भईरहेको छ । गायक एवं संगितकार केशव रावत, गायक रामसिंह विश्वकर्मा, जया पुन, विपना पुन, चन्दा पुन, तेजा विक, करिश्मा पुन र प्यारी पुन लगायतको कलाकारहरुको टोलीले कांग्रेसले विभिन्न स्थानमा आयोजना गर्ने सभाहरुमा नृत्य एवं गितहरु प्रस्तुत गर्ने गरेका छन् ।

उमेद्वारहरुको मन्तव्यसँगै कलाकारहरुले उत्कृष्ट नृत्यु गर्ने गरेका छन् । कलाकारहरुले कांग्रेसका गितहरु नृत्य प्रस्तुत गर्छन् भने गितमार्फत नै मत माग्छन् । लोक भेषभुषामा सजिएका युवतिहरुले नृत्युमार्फत र गायकहरुले गितमार्फत मत माग्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*