Home / Election / हापुरबासीमाझ शिक्षाका दिप बनेका ‘भरत’

हापुरबासीमाझ शिक्षाका दिप बनेका ‘भरत’

दाङ, १५ मंसिर

घोराही उपमहानगरपालिका–११ निवासी सुनिता गन्धर्व काग्रेसका उम्मेदवारलाई आफुले भोट दिने मात्र होइन अहिले काग्रेसका लागि भोट माग्न गाउँगाउँ पुग्ने गरेकी छिन् ।

यस पटकको निर्वाचनमा नेपाली काग्रेसका प्रदेशसभा उम्मेदवार भरतबहादुर न्यौपाने र प्रतिनिधिसभाका उम्मेदवार राजु खनालका लागि भोट माग्न व्यस्त छिन् उनी । जसको कारण हो उम्मेदवार न्यौपानले गाउँमा विद्यालय स्थापना गरेर पुरै गाउका बच्चाबच्चीहरुलाई पढ्ने व्यवस्था मिलाईदिएकै कारण अहिले पुरै आफनो बस्तीलाई काग्रेसमय समेत बनाएकी छिन् ।

न्यौपानेको विशेष पहलमा स्थापना भएको प्रावि नयाँबस्तीमा पढेर अहिले शिक्षीत बनेकी सुनिता अहिले सामाजिक क्षेत्रमा छिन् । ‘हाम्रा नेता भरतबहादुर न्यौपानेले स्थापना गरिदिनुभएको विद्यालयमा पढे धेरै हाम्रा बालबालिकाहरु प्नि त्यही विद्यालयबाटै कख सिकेर अहिले शिक्षीत भएका छन् हामम्लाई शिक्षाको दिप बालिदिने न्यौपानेलाई यसपटक जितउने बेला आएको छ ।’ शुक्रवार घोराही उपमहानगरपालिका– ११ मा आयोजना गरिएको मतदाता भेटघाट तथा घरदैलो कार्यक्रममा उपस्थीत सुनिताले भनिन्– ‘गाँउमा विद्यालय स्थापना गरेर गाउँमा शिक्षाको दियो बाल्ने नेतालाई भोट नदिएर अरु कस्लाई दिने ?’ भरतबहादुर न्यौपानेकै देनका कारण अहिले पुरै हापुरवासीका प्रत्येक छोराछोरीहरुले गाउँमै पढ्न पाउने गरेको उनको भनाई छ ।

उनले प्रतिनीधी सभा सदस्यका उमेद्वार राजु खनालले ०७० सालमा मत माग्दा गरेको बाचा पुरा गर्दै धेरै ठाँउमा विकास गरेको भन्दै अब फेरी उनलाई जिताउने बेला आएको बताईन् । ‘राजु खनाल जो यस क्षेत्रको लोकप्रीय नेता हो, उहाँजस्तो नेता हामीले पाउनै सक्दैनौ’ उनले भनिन्–‘धेरै विकास उहाँले गर्नुभएको छ । अझै विकासकालागि राजु दाईलाई जिताउनुपर्छ । उहाँको विकल्प छैन ।’

त्यस्तै भनाई छ अर्का मतदाता ऐईबहादुर बोहराको पनि । आफ्नै ठाँउका नेता भरतबहादुर न्यौपाने र यसै क्षेत्रका नेता राजु खनाललाई विजयी बनाउनु अहिलेको आवश्यकता भएको उनको भनाई छ । ‘हाम्रै ठाँउँका नेता निवासी भरतबहादुर न्यौपानेलाई उम्मेदर पाउनु हापुरवासीका लागि गौरव हो’, बोहराले भने, ‘यो अवसर हामी हापुरवासीले चुकाउने छैनौ । बरु न्यौपानेलाई जिताउन एक भएर हापुरबासी लागेका छौ ।’

गाउँमा विद्यालय स्थापना गरेर न्यौपानले पुरै गाउँलेलाई ठुलो गुन लगाएको उनको भनाई छ । त्यसका साथै न्यौपानेकै अग्रसरतामा गाउँमा सिचाईको व्यवस्था, विद्युत, सडक पुग्नका साथै घोराही–हापुर हुदै तुलसीपुर रक्षचौर आखाँ अस्पताल जोड्ने सडक र होलेरी–नारायणपुर हुदै रिहार जोड्ने सडक कालोपत्रेको लागि उहाँले पहल गरेका कारण पनि उहाँलाई हापुरबासीहरुले विकासप्रेमी नेताका रुपमा लिने गरेको बताए ।

हापुरको विकासमा न्यौपानेको देनसँगै र हरेक जनताका पिरमर्कामा साथ दिने भुमिकाका कारण पनि उहाँसँगै पढे लेखेका, खेलेका मानिसहरुसँगै नयाँ युवापुस्ताहरुले समेत भोट दिने बोहराको विश्वास छ । त्यसका साथै पुरै हापुरबासी आफ्नै गाउँका नेतालाई जिताउन तयार छन् ।
भरत न्यौपानेको पहलमा गाउँको विकास भएको देख्न आतुर रहेको शिवलाल घर्तिले बताए । हापुरको विकास भरतबहादुर न्यौपानको नामसँग जोडिएको छ । ‘उहाँले अहिलेसम्म कुनै पदमा पुगेर गाउको विकास गर्ने अवसर पाउनुभएको थिएन अहिले उम्मेदवार बन्नुभएको छ’, घर्तिले भने– ‘अव चुनावजितेपछि भरत दाईले गाउँको विकाससँगै सडक कालोपत्रे गर्दिनु हुने छ ।’ प्राविसम्मका स्कुलहरुको स्तरउन्नतिसँगै माध्यमिकसम्म लग्नुका साथै गाउँमा सिचाईको लागि पक्की कुला निर्माणमा पहल गर्ने विश्वास व्यक्त गर्दै घर्तिले जितको सुभकामना समेत दिए ।

मतदाताहरुको आर्शिवाद लिदै न्यौपानेले गाउँको विकासमा आफुले सुरुदेखि नै पहल गरेरको भन्दै निर्वाचनमा जिते गाउँका जनताहरुका लागि कुनै गुनासो बाँकी नराख्ने बताए । गाउँमा विद्यालय स्थापनासँगै सिचाई,सडक,विद्युत,खानेपानीलगायतका पूर्वाधार निर्माणमा सहयोग गरेको भन्दै उम्मेदवार न्यौपानले चुनाव जितेपछि विद्युत नपुगेका बस्तीहरुमा विद्युत पु¥याउनका साथै दलित,गन्धर्व,सुकुम्वासीहरुको समस्या समाधानमा पहल गर्ने बताए ।

त्यससँगै गाउँका किसानहरुका सिचाईको व्यवस्था,स्थानीयवासीलाई बजार जान आउन सजिलोका लागि होलेरी–हापुर–नारायणपुरहुदै रिहार जोडने सडक र घोराही–हापुरहुदै तुलसीपुर आखाँ अस्पताल जोड्ने सडक कालोपत्रेका लागि पहल गर्ने बताए ।

त्यस्तै कार्यक्रममा नेपाली काग्रेस प्रतिनिधिसभाका क्षेत्र नं.२का उम्मेदवार राजु खनालले विकासका निर्माणका लागि राजु खनालले यस क्षेत्रको विकास लागि नेपाली काग्रेसका उम्मेदवारलाई आगामी निर्वाचनमा बिजयी बनाउन आग्रह गरे ।

दाङको विकासमा काग्रेसको ठुलो भूमिका रहेको भन्दै उम्मेदवार खनालले आगामी निर्वाचनमा पनि काग्रेसका उम्मेदवारलाई बिजयी बनाउन आग्रह गरे । ‘दाङको बिकास निर्माण र महिला,युवा,दलित,जनताजातिहरुलाई अधिकारसम्पन्न बनाउदै आर्थिक समृद्धिका लागि नेपाली काग्र्रेसले पहल गरेको खनालले बताए ।

खनालले मतदाताहरुलाई घरघरमा कसरी भोट हाल्ने भनेर समेत सिकाउदै अहिलेका निर्वाचन कम्युनिष्ट शासन र लोकतान्त्रीक शासन व्यवस्थाका लागि भएकाले मतदाताले लोकतान्त्रीक शक्तिलाई बिजयी बनाउन समेत आग्रह गरेका थिए ।

त्यस्तै कार्यक्रममा नेपाली काग्रेस पूर्व जिल्ला सभापति बिरकेश्वरी गौतमले अहिलेको निर्वाचनलाई लोकतन्त्रीक शासन र कम्युनिष्ट शासनविचको जनमत संग्रह भएको भन्दै लोकतान्त्रिक शासनका लागि काग्रेसलाई बिजयी बनाउन आग्रह गरे ।

नेपाली काग्रेस घोराही उपमहानगरपालिका वडा नं ११का सभापति चेतबहादुर केसीको अध्यक्षता तथा नेपाली काग्रेस पूर्व जिल्लासभापति विरकेश्वरी गौतमको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाली काग्रेसका क्षेत्रीय सचिव कलम गौतम,नेपाली काग्रेस त्रिपुरका ईकाई सभापति दिपक पाण्डेय,राप्रपाका धुव्र गौतमलगायतले बोलेका थिए ।कार्यक्रममा नेकपा एमाले पार्टी परित्याग गरि दुई दर्जन बढि व्यक्तिहरु नेपाली काग्रेसमा प्रवेश गरेका थिए ।

कार्यक्रममा नेपाली काग्रेस सास्कृतिक टिमले नृत्य तथा गित प्रस्तुत गरेका थिए ।  त्यस अवसरमा एमाले र माओवादी पार्टि परित्याग गरि करिब सय जना कांग्रेसमा प्रवेश गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*