दाङ, १४ मंसीर
निवर्तमान सांसद राजु खनाल २०७० सालमा साविक क्षेत्र नम्बर ३ बाट विजयी भएर गएसँगै यस क्षेत्रको विकासमा महत्वपूर्ण भूमीका खेलेका छन् । खनालले विकासमा छलाङ मारेका छन् । उनी विजयी हुन यस क्षेत्रको विकास हुनुका रुपमा रहेको छ ।
खनालले साना योजनादेखी करडौका योजना ययस क्षेत्रमा पारेका छन् उनको देनले शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, सिचाई, विद्युत लगायत हरेक क्षेत्रमा ठुलो परिवर्तन आएको छ । खनालले केन्द्रिय योजनादेखी साना योजना आफ्नो सांसद विकास कोषबाट व्यवस्थापन गरेका छन् ।
उनले उप क्षेत्रीय अस्पतालमा उनी निर्वाचित भएर गएको पहिलो कार्यक्रम अस्पतालले स्वागत कार्यक्रम आयोजना ग¥यो । त्यतिबेला नै ५० शैयाको अस्पताललाई १०० शैयाको बनाउने प्रतिवद्धता गरेका खनालले त्यसको केही समयमा नै मन्त्रालयमा फाईल पेश गरेर प्रक्रीया अगाडी बढाए र त्यसले पूर्णता पायो ।
उनको विशेष पहलमा कांग्रेस सभापति सुशील कोईराला प्रधानमन्त्री हुँदादेखी गगन थापा स्वास्थ्य मन्त्री हुदाँसम्म खनाल फाईल लगेर राप्ती उपक्षेत्रीय अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिस्ठान बनाउनकालागि लागि रहे ।
राजु खनाल र कांग्रेसकै निवर्तमान सांसद अनिता देवकोटाको विशेष पहलमा उहाँहरुकै अगुवाईमा हालैमात्र राप्ती उपक्षेत्रीय अस्पतालबाट राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रुपान्तरित भएको छ ।
‘कांग्रेसकै नेतृत्वमा उपक्षेत्री अस्पताल राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बन्ने भएको छ । यसमा कांग्रेसको विशेष देन छ त्यसमा पनि मान्य अनिता अनिता देवकोटा र मेरो विशेष देन हो’ खनालले भने– ‘केही घुमन्ते नेताहरुले यसलाई आफूले गरेको भनेर प्रचार गरिरहेका छन् । यो भ्रममा कोही नपर्नुहोला ।’
खनालले हालैमात्र राप्ती उपक्षेत्रीय अस्पतालमा आईसीयू सेवा सञ्चालनकालागि ४० लाख बजेट विनियोजन गर्नुभएको छ । उहाँले निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम अन्तरर्गत यो बजेट विनियोजन गर्नुभएको हो ।