Home / Election / उमेद्वारहरु घरदैलोमै व्यस्त

उमेद्वारहरु घरदैलोमै व्यस्त

घोराही, १३ मंसीर
दाङ क्षेत्र नम्बर २ मा कांग्रेसका उमेद्वारहरुले वुधवार पनि घरदैलो गरेका छन् । निर्वाचनको समय नजिकिदै गर्दा यस क्षेत्रका उमेद्वारले घरदैलालाई तीवं पारेका छन् ।

वुधवार पनि प्रतिनीधी सभा सदस्यका उमेद्वार राजु खनाल एवं प्रदेश सभा सदस्यका उमवार कमल किशोर घिमीरे र भरतबहादुर न्यौपाने घरदैलोमा भए ।

प्रतिनीधी सभा सदस्यका उमेद्वार राजु खनाल र प्रदेश सभा सदस्यका उमेद्वार कमल किशोर घिमीरेले आज घोराही उपमहानगरपालिका वडा नम्बर १५ को विभिन्न टोलहरुमा घरदैलो गर्नुभएको छ ।

काठेकोहल लगायत क्षेत्रका शितलनगर टोल, मधुवन टोल, दिपशीखा टोल लगायत विभिन्न टोलहरुमा घरदैलो गरेको प्रचारप्रसार समितिका संयोजक भुपबहादुर डाँगीले जानकारी दिनुभयो ।

घरदैलोका क्रममा मतदाताहरुले खनाल र घिमीरेलाई फूलमालाले स्वागत गरेका थिए । उनीहरुले विकास र समृद्धिकालागि कांग्रेसलाई मतदान गर्ने पनि प्रतिवद्धता जनाएका थिए ।

यस्तै क्षेत्र नम्बर २ को प्रदेश सभा (ख) का उमेद्वार भरतबहादुर न्यौपानेले पनि आफ्नो क्षेत्रका मतदाताहरुलाई भेट गर्न व्यस्त हुनुभयो । उहाँले यस क्षेत्रको जलौरा, बुधौरा, निघुवार, बेलझुण्डी लगायतका स्थानका मतदाताहरुलाई भेट गर्नुभएको छ ।

उहाँले विकास, निकास, समृद्धि र लोकतन्त्रकालागि कांगे्रसलाई मतदान गर्न मतदाताहरुलाई अनुरोध गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*