Home / Feature Breaking news / प्रधानमन्त्रीले मुख खोलेः ‘दाङकालागि ठुलो सम्भावना छ’

प्रधानमन्त्रीले मुख खोलेः ‘दाङकालागि ठुलो सम्भावना छ’

घोराही, १२ मंसीर
प्रधानमन्त्री शेरबहादुर देउवाले दाङ मध्यपश्चीम क्षेत्रको धेरै सम्भावना बोकेको जिल्ला भएको बताउनुभएको छ । यो जिल्ला मध्यपश्चीम एवं प्रदेश नम्बर ५ को महत्वपूर्ण जिल्ला भएको भन्दै धेरै ठुलो सम्भावना यो जिल्लामा भएको बताउनुभयो ।

नेपाली कांग्रेस दाङले घोराहीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले दाङ राजधानी बन्न सक्ने संकेत गरे । ‘दाङ यस क्षेत्रको महत्वपूर्ण जिल्ला हो’ देउवाले भने–‘यो जिल्लामा ठुलो सम्भावना छ, भोली जे पनि हुन सक्छ ।’ देउवाले दाङ राजधानी बन्न सक्नेतर्फ घुमाउरो पारामा संकेत गर्नुभएको छ ।

उहाँले जनताले जितेमा मात्र जनताको अधिकार स्थापीत हुने बताउनुभयो । देउवाले यो निर्वाचन लोकतन्त्र र अधिनायकवाद विचको निर्वाचन भएको बताउनुभयो । उहाँले कांग्रेसले जितेमा मात्र लोकतन्त्रको स्थायीत्व हुने भन्दै लोकतन्त्रमा मात्र जनताको अधिकार स्थापीत हुने बताउनुभयो ।

जनता देशका मालिका भएको भन्दै सरकार बनाउने परिवर्तन गर्ने गर्ने अधिकार नेपाली कांग्रेससँगमात्र भएको उहाँको भनाई छ । जनतालाई डरत्रासमुक्त समाज चाहिएको भन्दै त्यो समाज कांग्रेसले मात्र दिन सक्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*