Home / Feature Breaking news / मुलुकलाई अनिष्टमा लैजान कम्युनिष्ट गठबन्धनः पौडेल
Nepali Congress President Ram Chandra Paudel speaks at the House meeting, on Sunday, November 8, 2015. Photo: RSS

मुलुकलाई अनिष्टमा लैजान कम्युनिष्ट गठबन्धनः पौडेल

घोराही, १२ मसिर
नेपाली काग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकलाई अनिष्टमा लैजानका लागि कम्युनिष्ट गठबन्धन बनेको बताएका छन ।

नेपाली काग्रेस दाङ क्षेत्र नं २ निर्वाचन प्रचार प्रसार समितिले आयोजना गरेको वह्तसभालाई सम्वोधन गर्दैै बरिष्ठ नेता पौडेलले बामगठबन्धनका नाममा बनेको कम्युनिष्टले देश र जनतालाई अनिष्टतातर्फे धकेल्न खोलेको आरोप लगाए । ‘कम्यूनिष्ठ गठबन्धनले देशलाई अनिष्टता तिर लग्दै छ ।’ उनले कार्यक्रममा भने ।

देशलाई क्षेत्रीय, जातिय अखण्डातर्फ लैजाने माओवादी र एमालेको गबन्धनवाट जनताहरु बेलैमा सचेत हुनुपर्ने पौडेलको भनाई थियो । ‘कुन कुरा गर्न बाँकी राखे, कुन किर्ते गर्न बाँकी राखे ।

तराई, पहाड, हिमालबासीलाई फुटाउन खोज्ने । जातिय मुलुकलाई विखण्डनतिर लग्न खोज्ने, मुलुकलाई संकटमा धकेल्ने, मुलुकलाई विखण्डनतिर लग्नेहरु अहिले एक ठाँउमा आएर देशलाई अहिततिर लग्दैछन्’ पौडेलले भने ।

नेपालको लागि नेपाली जनताकोलागि यो गठबन्धनलाई असफल पार्नुपर्ने पौडेलको भनाई छ । कांग्रेसले राणा शासन, पञ्चायत शासन र राजाको शाही शासन अन्त्य गकिेको भन्दै पौडेलले अब कम्यूनिष्टहरुको चुरुफुरी पनि जनताले समाप्त गरिदिने पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*