Home / Feature Breaking news / हुम्लाको सिमकोटमा तारा एयरको विमान दुर्घटना, पाइलटसहित ५ घाइते

हुम्लाको सिमकोटमा तारा एयरको विमान दुर्घटना, पाइलटसहित ५ घाइते

 

घोराही,१२ मंसिर । हुम्लाको सिमकोट विमानस्थलको धावनमार्गमा तारा एयरको विमान दुर्घटना भएको छ ।

मंगलबार बिहान सुर्खेतका लागि उडान भर्ने क्रममा अगाडिको टायर पञ्चर भएपछि विमान दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार, दुर्घटनामा पाइलटसहित पाँचजना घाइते भएका छन् । घाइतेमध्ये तीन जना चुनाव सकेर फर्किँदै गरेका प्रहरी छन् । दुर्इ जना विमानकै स्टाफ रहेको जानकारी हुम्लाका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले दिए ।

घाइतेहरूको हुम्लाकै सिमकोटमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी बास्कोटाले जानकारी दिए । अस्पतालका अनुसार घाइतेहरूको अवस्था सामान्य छ ।

घाइतेको अवस्था हेरी सुर्खेत या नेपालगञ्ज लैजाने तयारी गरिएको प्रजिअ बास्कोटाले जानकारी दिए ।

दुर्घटनामा परेको विमानको अगाडिको भागमा क्षति भएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ । अनलाइन खवरवाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*