Home / Election / मुर्कुटीमा काग्रेसको विशाल सभा

मुर्कुटीमा काग्रेसको विशाल सभा

दाङ, ११ मंसिर
बंगलाचुली–५ मुकुर्टीमा नेपाली काग्रेसले विशाल सभा सम्पन्न गरेको छ । नेपाली काग्रेस बंगलाचुली इकाईको आयोजनामा काग्रेसले बृहतसभा गरेको हो । सभालाई सम्वोधन गर्ने नेताहरुले काग्रेसको जीत सुनिश्चित भएको भन्दै कम्युनिष्टहरुलाई नआत्तिन आग्रह गरेका थिए । हारको मानसिकतावाट आत्तिएका कम्युनिष्टहरु जनतालाई भ्रममा पार्न विभिन्न आर्थिक प्रलोभनसम्मका हर्कत गर्न शुरु गरेको आरोप लगाए ।

बह्तसभालाई सम्वोधन गर्दै क्षेत्र नं.२ का प्रतिनिधिसभाका उम्मेदवार राजु खनालले बामगठबन्धनलाई हारको मानसिकतावाट नआत्तिन आग्रह गरेका छन् । ‘कम्युनिष्टहरु चुनाब हारिने डरका कारण अहिले मतदाताहरुलाई प्रलोभनमा पार्न खोजेका छन्’, उम्मेदवार खनालले भन,े ‘जनताहरु भ्रममा नपर्नुहोस, कम्युनिष्टहरुको जस्तो भ्रम काग्रेसले सिर्जना गर्न जान्दैन ।’

त्यसैले बंगलाचुलीको सडक, विद्युतविस्तारदेखि खानेपानीको व्यवस्था गर्न काग्रेस तयार रहेको उहाँको भनाई छ । यस क्षेत्रमा हालसम्म भएका सबै विकास कांग्रेसको नेतृत्वमा भएको उहाँले दाबी गर्नुभयो । कम्युनिष्टहरुको प्रलोभनमा परेमा जनताहरु पछुताउनुपर्ने उनको तर्क थियो ।

कार्यक्रममा बोल्दै क्षेत्र नं २ (१)का प्रदेशसभाका उम्मेदवार कमलकिशोर घिमिरेले गाउँको विकास गर्ने जिम्मा गाउँलेलाई दिन समेत आग्रह गरे । ‘घरको समस्या घरमुलीलाई नै थाहा हुन्छ,पाहुनालाई थाहा हुदैन ।’ उम्मेदवार घिमिरेले भने–‘समस्या समाधानका लागि घरमुलीलाई नै जिम्मा दिनुहोस् । मिठो खान आउने पाहुना सुन्ने मात्र हुन् तपाईकालागि काम गदैनन्।’

यस पहाडी क्षेत्रमा हरेक स्थानको समस्या आफूले पन भोगेको भन्दै यी समस्या समाधानमा मेरो विशेष पहल हुने उहाँको भनाई छ । आँपूm शुरुदेखि नै आउने गरेको भन्दै घिमिरेले यस क्षेत्रका समस्याहरु समधान आफुले गर्ने बताए । कार्यक्रममा बोल्ने बक्ताहरुले लोकतन्त्रको रक्षाका लागि नेपाली काग्रेसलाई मतदान गरेर बिजयी बनाउन मतदाताहरुलाई आग्रह गरेका थिए ।

नेपाली काग्रेस इकाई सभापति बलबहादुर वलीको अध्यक्षता तथा जीतबहादुर वलीको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रममा नेपाली काग्रेसका नेता तथा पूर्व सांसद कृष्णकिशोर घिमिरे,क्षेत्र नं २का पूर्व क्षेत्रीय सभापति खगराज पाण्डेय,नेपाल विद्यार्थी संघका पूर्व जिल्ला अध्यक्ष राजकुमार धिताल,नेपाली काग्रेसका पूर्व जिल्ला सहसभापति मोहनलाल ओली,क्षेत्र नं.२का क्षेत्रीय सभापति गिरिराज सुवेदी,धुर्व पुन,भेषराज खत्री,देविराम खनाललगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन डोमबहादुर केसीले गरेका थिए ।

यस्तै प्रदेश सभा क्षेत्र नम्बर २ को २ का उमेद्वार भरतबहादुर न्यौपानेले सोमवार यस क्षेत्रको पहाडी गाँउ छिल्लीकोटका विभिन्न स्थानमा पुगेर मतदाताहरुसँग भेटघाट गर्नुभएको छ ।

उहाँसँगको भेटमा मतदाताहरुले खानेपानी र सडकको अत्यावश्यक भएको बताएका थिए । त्यस क्रममा बोल्दै न्यौपानेले छिल्लीकोटलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न आवश्यक भएको भन्दै छिल्लीकोटमा केवलकार, प्यालाग्लाईडिङको व्यवस्था गर्न आवश्यक भएको उहाँको भनाई छ । आफू विजयी भएर गएमा यस क्षेत्रलाई विशेष प्राथमीकताकासाथ योजना ल्याउने न्यौपानेले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*