Home / Election / मत हाल्न सिकाउदै कांग्रेस

मत हाल्न सिकाउदै कांग्रेस

लमही, ९ मंसीर
उम्मेदवारलाई चुनाव जित्ने चटारो छ । प्रतिनीधिसभा तथा प्रदेश सभाका उम्मेददवार यहि मिशनका साथ चुनावी अभियानमा छन् ।

यति मात्रै हैन, बदर मत कम गर्नका लागि उनै उम्मेदवार तथा दलका नेताहरु प्रशिक्षक बनेर मतदाताहरुलाई मतदान शिक्षा समेत प्रदान गरिरहेका छन् । नेपाली कांग्रेस क्षेत्र नम्बर १ ले गढवाका झण्डै सयको हाराहारीमा रहेका मतदाताहरुलाई कसरी मतदान गर्ने भन्ने शिक्षा दिएको छ ।

‘सबैले मत हाल्न जानेका हुन्छन् भन्ने हुँदैन,’क्षेत्रीय सभापति भेषराज पाण्डेले भने ‘निर्वाचनमा मत माग्नुका साथै मतदाताहरुलाई मताधिकार सहि रुपमा प्रयोग गर्न सिकाउनु पनि हाम्रो दायित्व हो ।’ उनका अनुसार प्रत्यक मतदाताहरुलाई निर्वाचनमा कसरी मतदान गर्ने भनेर सिकाईएको थियो । यो शिक्षा पछि नमुना मतदान समेत गराईयो ।

‘मैले सिएको आधारमा नमुना मतदान गराईयो,’उनले भने ‘त्यो शिक्षाको प्रभावकारीता नमुना मतदानमा देखियो ।’ सय बढि मतदाताहरुले गरेको नमुना मतदानमा दुई मत मात्रै बदर भएको थियो ।

‘त्यो दुई मतलाई पनि निर्वाचनमा सदर गराउनका लागि फेरी सिकायौँ,’उनले भने ‘हामी चाहन्छौँ, मतदान गर्ने मताधिकारलाई मतदाताहरुले सहि रुपमा प्रयोग गर्न सकुन् ।’

शनिवारको पहिलो कार्यक्रम मतदाता शिक्षालाई प्राथमिकता दिएको कांग्रेस १ ले त्यसपछि बल्ल चुनावी प्रचार अभियानमा लागेका थिए । उनले प्रदेशसभा १ अन्तर्गतका खबरी, लगाएतका नाकाहरुमा पुगेर मतदाताहरुलाई भेटेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*