Home / Election / माओवादी केन्द्रका केन्द्रिय सदस्य सहित हाईप्रोफाईलका नेताहरु कांग्रेसमा प्रवेश

माओवादी केन्द्रका केन्द्रिय सदस्य सहित हाईप्रोफाईलका नेताहरु कांग्रेसमा प्रवेश

तुल्सीपुर, ९ मंसिर
हाई प्रोफाईलका नेताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । निर्वाचन नजिकिदै गर्दा नेपाली कांग्रेसले हाई प्रोफाईल र जनतामाझ लोकप्रिय व्यक्तीहरुलाई प्रवेश गराउने अभियान चलाएको हो ।

शनिवार मात्रै पश्चिम दाङको प्रसडुवामा आयोजित कांग्रेसको चुनावी कोण सभामा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य धनु राना मगर भिमसेन र राप्रपाका युवा नेता तथा क्षेत्र नम्वर ५ का अध्यक्ष प्रमोद कुमार वस्नेत, सचिव सुरेन्द्र जिसी, शान्तिनगर गाउपालिकाका उपाध्यक्ष हेमन्त डांगी, युवक संगठनका क्षेत्रिय अध्यक्ष विराज पुन सहित झण्डै ३ सय राप्रपा, एमाले र माओवादी केन्द्रका स्थानिय नेता कार्यकर्ताहरु कांग्रेसमा प्रवेश गरेका हुन् ।

राप्रपा युवा नेता वस्नेतको नेतृत्वमा २ सय वढि र अन्य विभिन्न पार्टि परित्याग गरि कांग्रेसमा प्रवेश गरेका हुन्् । उनीहरुलाई कांग्रेस केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्यका उम्मेदवार दिपक गिरी, क्षेत्र नम्वर ३ को २ तर्फका प्रदेश सभा सदस्यका उम्मेदवार वुद्धिराम भण्डारी लगायतका नेताहरुले कांग्रेसको पार्टि सदस्यता प्रदान गर्दै फुलमाला र अविर लगाएका कांग्रेसमा भित्राएका हुन् ।

केहि दिन पहिले मात्रै पश्चिम दाङमा मात्रै नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा लगायतका पार्टिबाट गरि आधा दर्जन वढि जिल्ला तहका नेताहरु कांग्रेसमा प्रवेश गरेका थिए ।

२०५२ साल देखि नै तत्काली विद्रोही माओवादीको सेनामा प्रवेश गर्दैै माओवादीको राजनिति शुरु गरेका भिमसेन बटालियन कमाण्डरको भुमिकामा लामो समय सम्म काम गरेका व्यक्ती हुन् । त्यस वेला उनले रोल्पाको उघा क्याम्पमा रहेर ३०० भन्दा वढि माओवादी सेनाहरुको कमाण्ड सम्हालेका थिए । डोल्पाबाट राजनितिक यात्रा शुरु गरेका भिमसेन अहिले पश्चिम दाङको प्रसडुवामा वस्दै आएका छन् ।

नेत्र विक्रम चन्द विप्लव, अभिनाश, ,शक्ति वस्नेत, सत्या पहाडी लगायतका नेताहरुसंग नजिक रहेर तत्कालीन समयमा माओवादीको शशस्त्र द्धन्द्धमा होमिएको उनी सम्झन्छन् । प्रवेशका क्रममा कोण सभालाई सम्वोधन गर्दै भिमसेनले कम्युनिष्टबाट विकास सम्भव नरहेकाले विकासको अभियानलाई समर्थन गर्दै कांग्रेसमा प्रवेश गरेको वताए ।

माओवादीको निति झुट र ढाटको राजनिति भएको दावी गर्दै उनले झुट धेरै वोलियो यो निति गलत छ भन्ने निष्कर्ष निकालेरै अव कहिल्यै पनि झुट राजनिति नगर्ने प्रतिवद्धताका साथ कांग्रेस वन्नु परेको जिकिर गरे । कम्युनिष्ट वनेर आफ्नो जिवन वर्वाद हुने देखेर कांग्रेसमा प्रवेश गरेको भन्दै अरु युवाहरुलाई पनि कम्युनिष्ट बनेर समय वर्वाद नगर्न अपिल गरे ।

यस्तै प्रवेश पछि सभालाई सम्वोधन गर्दै युवा नेता प्रमोद कुमार वस्नेतले कम्युनिष्ट पार्टिलाई पराजित गर्न र लोकतन्त्रलाई वलियो वनाउन नै नेपाली कांग्रेसमा प्रवेश गरेको वताए ।

पछिल्लो समयमा कम्युनिष्ट पार्टिले कम्युनिष्ट शाषन लाद्ने दुश्प्रयास गरेकाले अव कम्युनिष्टहरुलाई कमजोर वनाउन र दाङ जिल्लालाई कांग्रेस किल्ला वनाउन शशक्त रुपमा प्रचार प्रसारमा सकृय हुने उद्घोष गरे ।

गत संविधान सभाको दोस्रो निर्वाचनमा कांग्रेस नेता दिपक गिरीसंग प्रतिस्पर्धामा उत्रिएको स्मरण गर्दै अव सदा सहकार्यका साथ कांग्रेसलाई विजयी वनाउने अभियानमा होमिने वताए ।

उक्त कोण सभालाई सम्वोधन गर्दै कांग्रेस केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्यका उम्मेदवार दिपक गिरीले धेरै दुख र संघर्ष गरेर राजनितिमा आएकाले जनताको भावना वुझेर अगाडि वढ्ने वताए । उनले प्रादेशिक राजधानी दाङ र दाङको समृद्धिका लागी भएपनि कांग्रेसलाई जिताउनै पर्ने परिश्थीती सिर्जना भएकाले समयमै सचेत भएर कांग्रेसले थालेको शान्ति, समृद्धि र विकासको अभियानमा साथ दिन कांग्रेसलाई साथ दिन अपिल गरे ।

यस्तै निवर्तमान सांसद् तथा क्षेत्र नम्वर ३ को २ तर्फका प्रदेश सभा सदस्यका उम्मेदवार वुद्धिराम भण्डारीले अवको प्रतिस्पर्धा विकासमा गर्नुपर्ने दावी गर्दै विकास र सवैलाई सम्मान गर्न सक्ने नेपाली कांग्रेसलाई विजयी वनाउन आह्वान गरे । भण्डारीले कांग्रेसले जिते अवको ५ वर्षमा सोचे भन्दा वढि विकास गरेर देखाउने समेत उद्घोष गरे ।

साविका श्रीगाउका कांग्रेस ईकाइ सभापति हर्क वहादुर वुढाथोकीको सभापतित्वमा भएको कोण सभामा निवर्तमान सांसद् गेहेन्द्र गिरी, समानुपातिक तर्फका उम्मेदवार महादेव शाह, कांग्रेस महासमिति सदस्य केशव आचार्य, कांग्रेस युवा नेता सुरेश हमाल, कांग्रेसका स्थानिय नेताहरु लक्ष्मण चौधरी, मोहन चौधरी, रविन्द्र पुरी, शहिद परिवारकी कुमारी राजकोटी लगायतले आफ्नो धारणा राख्नु भएको थियो ।

स्थानिय विनिता वुढाथोकीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजिकरण ईकाइ सचिव देवराज न्यौपानेले गर्नुभएको थियो । कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुती समेत राखिएको थियो ।

यस अघि तुल्सीपुर उपमहानगरपालिका वडा नम्वर ११ को वेलगनार, सुकौरा, तुल्सीपुर १२ स्थीत टरिगै, कचिला लगायतका ठांउमा पनि कांग्रेसका कोण सभाहरु सम्पन्न भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*