Home / समाचार / जनता लोकतन्त्र र विकाशका पक्षमा छन् ः राजु खनाल

जनता लोकतन्त्र र विकाशका पक्षमा छन् ः राजु खनाल

दाङ, ८ मंसीर
नेपाली कांग्रेस निर्वाचन क्षेत्र नंवर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार राजु खनालले पछिल्लो समयमा नेपाली जनताहरु लोकतन्त्र र विकाशका पक्षमा रहेको अवस्थाबाट अताल्लिएर कम्युनिष्टहरु वाम गठबन्धन बनाएर निर्वाचनमा आएपनि समृद्धि र लोकतन्त्रकालागी नेपाली कांग्रेसले ढुक्क रुपमा निर्वाचन जित्ने बताएका छन् ।

आज रिपोटर्श क्लव दाङले घोराहीमा आयोजना गरेको चुनावि साक्षात्कार कार्यक्रममा बोल्दै खनालले नेपाली कांग्रेसले घोराहीमा मेडिकल कलेज स्थापनादेखि धारपानीमा पक्कि सडक, घोराही—मुर्कुटि सडक पानी जोगाउन हाइड्याम, हरेक घरमा धारा, हरेकका खेतमा पानी पु¥याउन बृहत दाङ सिंचाइ परीयोजनाको अवधारणा तथा प्रदेश राजधानीकालागी केन्द्रय समिति समेतले दाङलाइ निर्णय गरीसकेको बताए । ‘हामी दाङको समृद्धिसंगै प्रादेशिक राजधानी बनाउने सवालमा प्रतिवद्ध छौं, समृद्धि र लोकतन्त्रनै नेपाली कांग्रेसका जित्ने आधारहरु हुन्’—खनालले भने ।

त्यसै अवसरमा निर्वाचन क्षेत्र नंवर २ प्रदेश १ का प्रदेश सभा सदस्यका उम्मेदवार कमल किशोर घिमिरेले मुलुकले अव अधिनायकवाद र थप आन्दोलन नचाहेको भन्दै समृद्धि र लोकतन्त्रका पक्षमा रहेको नेपाली कांग्रेसको विजय सुनिश्चित भएको बताए ।

्‘हामी घोराही बजारमा मात्रै होइन, स्युजा, सैघा र लोहारपानीका दुर्गम बस्तीका झुपडिहरुको पनि मुहार फेर्नेृ अभियानमा छौं, त्यसकालागी लोकतन्त्रवादीहरुको सरकार जनताले चाहिसकेका छन्’—घिमिरेले भने, अव विभिन्न वाहनामा भएको कम्युनिष्ट गठवन्धनलाइ जनताले परास्त गर्ने छन् ।

क्लवका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सचिव विमल गौतमले गरेका थिए । सडकमै भएको उम्मेदवारहरुसंग साक्षातकार कार्यक्रममा नेपाली कांग्रेसका कोषाध्यक्ष तथा समानुपातिकका उम्मेदवार सावित्रा राना, साझेदारी पार्टि राप्रपाका समानुपातीकका उम्मेदवार मिना स्वर्णकार लगायतं नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*