Home / Feature Breaking news / विकास निर्माणका कार्य रोक्न स्थानीय तहलाई निर्देशन

विकास निर्माणका कार्य रोक्न स्थानीय तहलाई निर्देशन

घोराही,८ मंसिर । मंसिर २१ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा आचार सहिंता उल्लघनको उजुरी आउने थालेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले दाङमा बिकास निर्माणका कुनै पनि काम नगर्न निर्देशन गरेको छ ।

निर्वाचनलाई प्रभावित पार्ने गरी बिकास निर्माणका काम भइरहेको भन्ने उजुरी आएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले दाङका दश वटै स्थानीय तहलाई बिकास निर्माणका काम नगर्न निर्देशन गरिएको मुख्य निर्वाचन अधिकृत हेमन्त रावतले जानकारी दिनुभयो । मुख्य निर्वाचन अधिकृत रावतका प्रक्रियामा रहेका बाहेक अन्य सवै बिकास निर्माणका काम निर्वाचन सम्पन्न नहुदासम्मकालागि रोक्न निर्देशन गरिएको हो ।

निर्वाचनको मिति नजिकिदै जाँदा दाङमा चुनावी चहल पहल बढदै गएको छ । जिल्लाका एक सय ५१ मतदान स्थलका ३ सय ९४ मतदान केन्द्रका लागी मतदान अधिकृत र सहायक मतदान अधिकृत छनौट भैसकेका छन् भने सहायक स्तरका कर्मचारि छनौट जारि रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । छनौट भएका मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागी १० गते देखि १३ गते सम्म तालिम सञ्चालन गर्ने कार्यसूचि तयार गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्ला निर्वाचन कार्यालय मतदानका लागी आबश्यक अन्य तयारीमा जुटेको छ भने मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्लामा भित्रिएका मतपत्र सहितका सामग्री रुजु गर्दै सम्बन्धीत मतदान केन्द्रमा पठाउने प्याकेट तयारीमा लागेको दाङका मुख्य निर्वाचन अधिकृत रावलले राप्ती सन्देशलाई बताउनुभयो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको जिल्ला अदालतमा अहिले मतपत्र सहितका सामग्री गणना गर्दै प्याकिङ गर्न कर्मचारीहरु व्यस्त छन् ।
अघिल्ला निर्वाचनमा जिल्लाका शहर बजार तथा ग्रामिण क्षेत्र झण्डा तथा तुल व्यानरले सजी सजाउ हुने गरेकोमा यस पटक आमसभा स्थल बाहेक अन्यत्र तुल व्यानर तथा पोष्टरहरु टाँगेको नदेखिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*