Home / Feature Breaking news / काउलेबासीको गुनासो–‘चुनावका बेला मात्र खानेपानीको कुरा उठ्छ’

काउलेबासीको गुनासो–‘चुनावका बेला मात्र खानेपानीको कुरा उठ्छ’

घोराही,७ मंसिर । घोराही उपमहानगरपालिका वडा नं. १ अन्तर्गत पर्ने काउलेका स्थानीयवासीहरुले राजनीतिक दलहरुसँग खानेपानीको माग गर्न थालेको दशक बित्यो । चुनावका बेला मलाई जिताए गाउँमा खानेपानीको व्यवस्था गर्दिन्छु भन्ने नेताहरुले आश्वासन दिने गरेपनि अहिलेसम्म उक्त ठाउँमा चुनाव जितेपछि नेताहरु नफर्किएको स्थानीयवासीहरुको गुनासो छ ।
चुनावको बेला घरमै आएर नेताहरुले भोट माग्ने गर्छन तर चुनाव जितेपछि नेताहरुले मुख नै देखाउदैनन् स्थानीय कुन्ता बिष्टले भनिन् । ‘हामीलाई खानेपानी चाहिएको छ भन्ने गरेको १५ बर्ष बढि भयो तर अहिलेसम्म पानी आएको छैन ।’–बिष्टले गुनासो गरिन–‘चुनावका बेला आउने र कापीमा टिपेर लग्ने मात्रै हो । तर खानेपानीको धारा कहिले ल्याईदिने होइन ।’ गाउँकै जंगलमा भएको मुहानवाट पल्लो गाउँका मानिसहरुले धारा बनाएर लगेर पानी घरघरमा खान्छन तर आफ्नो गाउँका २५ ्र३० घरले एउटै धारामा पानी भर्नुपर्छ ।
हामीले हालेको भोटले नेताहरुले चुनाव जितेपनि जनताको समस्या नबुझने गरेको अर्का स्थानीयवासी बिष्णु सुनारको गुनासो छ । पहिले क्षेत्र नं.२ र अहिले क्षेत्र नम्बर १ पर्ने गाउँमा अहिलेसम्म चुनावप्रचार प्रचारका लागि नेपाली काग्रेसका उम्मेदवार जानकीलाल बस्नेत मात्र आएको सुनारले बताए । ‘घोराही उपमहानगरपालिका भनेर पनि के गर्नु राम्रोसँग खानेपानी पाईदैन । सडकको धुलोले बाहिर निष्कन सकिदैन ।’–उनले भने–‘नेताहरुलाई चिल्ला गाडीमा बसेर हिड्न तँ राम्रै भएको छ तर हाम्रो समस्या कस्ले बुझ्ने ।’

 

अघिल्लो दिन मात्र सोही बाटो क्षेत्र नं.२का प्रतिनिधिसभा उम्मेदवार तथा उपप्रधान तथा बिना विभागीय मन्त्री कृष्णबहादुर महारा,नेकपा एमालेका स्थायी कमिटि सदस्य तथा क्षेत्र नं.२ (१)का उम्मेदवारसहित ३० वटा गाडीहरु सोही बाटो कमिरेचोर पुगेका थिए । आजभोली एउटै धाराले पुरै गाउँमा पुगेपनि फागुनदेखि असारसम्म पानीको हाहाकार हुने गरेको सुनारले बताए । त्यसवेला तँ बिहानै पानीको मुहान पुग्नु पर्छ नत्र पानी पिउनै नपाईने अवस्था हुने गरेको उनको भनाई छ । खानेपानीको सहज व्यवस्थापन गरिदिन स्थानीयवासीहरुले मतदातालाई आग्रह गर्न थालेको बर्षाै बितेको सुनार बताउछिन ।

जुन जोगी आएपनि कानै चिरिएका हुन भने झै लाग्न थालेको छ । पानीको व्यवस्थाका लागि बजेट पारिदिन्छौ भन्ने हुन तर कहिले पनि बजेट पार्ने होइनन् उनले भनिन्–सधै झुट बोल्ने नेताका कुरा कसरी पत्याउने । ‘खानेपानीका आजभोली धारामा आउने गरेपनि गर्मीमा तल खोलामा झर्नुपर्छ,’ सुनारले भनिन् ‘त्यो ठाउँमा पनि अरु गाउँका समेत मान्छेहरु लाईनमा हुन्छन् पानी भर्नै पाईदैन,सजिलैगरि पानी पिउने व्यवस्था मिलाईनु पर्यो ।’
यस्तै गाउँमा खानेपानीसँगै सडक,शिक्षा,स्वास्थ्य,बिद्युत लगायतका दृष्टिले समेत पछाडि परेको छ । घोराही उपमहानगरपालिका अन्तर्गत पर्ने भएपनि विकासका पूर्वाधारहरु नहुदा स्थानीयवासीहरु पीडित हुनु परेको छ । गाउँमा स्वास्थय चौकी नहुदा मानिसहरु सामान्य विरामी हुदासमेत स्थानीयवासीहरु घोराही धाउनुपर्ने बाध्यता रहेको स्थानीयहरुको गुनासो रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*