Home / Feature Breaking news / दाङमा छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु

दाङमा छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु

घोराही, ६ मंसीर
दाङमा आज भएको सवारी दुर्घटनामा परि २ जनाको मृत्यु भएको छ । टिप्पर ठक्करबाट दाङमा एक पैदल यात्रीको मृत्यु भएको छ ।

आज वुधवार बेलुकी करिब साढे ६ बजेको समयमा घोराही उपमहानगरपालिका ११ खैरामा रा १ ख १३५२ नम्बरको टिप्पर ठक्कर दिदाँ पैदल यात्री घोराही उपमहानगरपालिका १० का ३५ वर्षीय रञ्जीत सिंहको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

टिप्परको ठक्करबाट गम्भीर घाईते सिंघलाई उपचारकालागि घोराही ल्याउदै गर्दा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।

यस्तै जिल्लाको दंगिशरण गाँउपालिका ६ कमलगढीमा अटोरिक्सा अनियन्त्रीत भई पलटदा एक जनाको मृत्यु भएको छ । तुलसीपुरबाट श्रीगाँउतर्फ जाँदै गरेको ना २ स ६०५० नं. अटो रिक्सा वुधवार दिउसो अनियन्त्रित भई पल्टिदा अटो रिक्सामा सवार दंगिशरण गाँउपालिका. ६ का ं३६ वर्षीय संजय विक्रम नेपालीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जानकारी बताएको छ ।

गयरातीमात्र घोराही लमही सडकखण्डको झिङ्नीमा जीप रोकीराखेको टेक्टरमा ठोकीएर मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*