Home / Feature Breaking news / केपी ओलीले घोराहीमा भनेः ‘ विप्लव भाईजान कसकालागि बन्द गरेको ?’

केपी ओलीले घोराहीमा भनेः ‘ विप्लव भाईजान कसकालागि बन्द गरेको ?’

घोराही, ६ मंसीर
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल कम्यूनिष्ठ पार्टिका महासचिव नेत्रविक्रम चन्द (विप्लव)लाई निर्वाचनमा अवरोध नगर्न अनुरोध गर्नुभएको छ ।

बाम गठबन्धनले आज दाङको घोराही र तुलसीपुरमा आमसभालाई सन्बोधन गर्नकालागि दाङ आउनुभएका ओलीले घोराहीमा भएको समालाई सम्बोधन गर्दै निर्वाचनमा सहभागी नभएको विप्लबले किन कसकालागि निर्वाचन विरोधी कार्यक्रम भनेर प्रश्न गर्नुभयो ।

देशकालागि बलिदान दिएर संघर्ष गरेर आन्दोलन आएका बाम गठबन्धनले आयोजना गरेको कार्यक्रममा अवरोध गर्ने गरि किन बन्द गरेको, कांग्रेस सहित लोकतान्त्रीक गठबन्धनलाई सहयोग गरेको तर्फ इंगीत गर्दै कसकोलागि बन्द गरेको भनेर प्रश्न गर्नुभयो ।

पूर्व प्रधानमन्त्री समेत रहेका ओली निर्वाचन लगत्तै एमाले र माओवाली केन्द्रविच पार्टि एकता हुने दोहो¥याउनुभयो । दुई ठुला दल संकल्पकासाथ राष्ट्र निर्माणको महाअभियानमा लागेको बताउनुभयो ।

उहाँले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल पुत्र शोकमा परेकाले आउन नसकेको भन्दै प्रचण्डको तर्फबाट पनि शुभकामना सन्देश सुनाउनुभयो । कुनै समयमा प्रचण्डसँग जुहारी चल्ने भएपनि अहिले दुबै अध्यक्षहरु एक भएर अगाडी बढिरहेको ओलीको भनाई थियो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता रामबहादुर थापा(बादल) सहित कृष्णबहादुर महरा, शंकर पोख्रेल लगायतका नेताहरुले सम्बोधन गर्नुभएको थियो ।

बाम गठबन्धनको आमसभालाई प्रभाव पार्ने गरि नेपाल कम्यूनिष्ट पार्टिले आफ्ना कार्यकर्तालाई गिरफ्तार गरेको भन्दै आज वुधवार दाङमा बन्दको आह्वान गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*