Home / Feature Breaking news / युवादेखी पाकाहरुको रोजाई कांग्रेस अग्रज नेता भरत न्यौपाने

युवादेखी पाकाहरुको रोजाई कांग्रेस अग्रज नेता भरत न्यौपाने

दाङ, ६ मंसीर
पारिवारिक कारण राजनितीमा चासो बढ्यो उनको । वुवा राजनितिक पृष्ठभुमीमा रहेकाले उनलाई पनि राजतिनी बुझ्न खासै गाह्रो भएन । वि.स.२०२६ सालबाट सक्रिय राजनिती सुरु गरे भरतबहादुर न्यौपानेले ।

उनी नेपाली कांग्रेसका अग्रज नेतामध्य एक हुन् । दाङमा पुराना नेतामध्य आफूलाई स्थानीत गरेका न्यौपाने धेरे पटक अवसरबाट वञ्चीत भए । उनले पार्टिकालागि पु¥याएको योगदानको कदर खासै भएन । उनलाई धेरै अवसरबाट वञ्चीत बनाईयो ।

२०२६ सालदेखी अनवरत रुपम राजतिनीमा होमीएका भरतबहादुर न्यौपानेले २०३६ सालमा भएको जनमत संग्रहमा बहुदलित व्यवस्थाको पक्षमा नेतृत्वदायी भूमीका निर्वाह गरे । पार्टिमा निरन्तर लागिपरेका न्यौपाने विभिन्न समयमा भएको प्राजातान्त्रिक आनदोलनहरुको नेतृत्व गर्न पनि कहिले पछि हटेनन् ।

पार्टिको धेरै पटकको महाधिवेशनबाट उनी महासमिति सदस्य र महाधिवेशन प्रतिनीधी भए । उनी २०५१ सालमा नेपाली काग्रेसको क्षेत्रीय सभापति भएर काम गरेका न्यौपाने सभापति हुँदा देशको संक्रमणकालिन अवस्थामा पनि पार्टिको नेतृत्व गरिरहे । जिल्ला कार्यसमितिको पनि जिम्मेवार पदमा बसेर न्यौपानेले पार्टिकालागि काम गरे ।

उनी कांग्रेस भएकै कारण धेरैपटक विभिन्न पक्षबाट जोखीम परे तर कहिले पनि पार्टिकालागि पछि हटेनन् । उनी सधै सत्यको पक्षमा भएर जिम्मेवारी सम्हाले । उनले कांग्रेस भएकै कारण २०५० सालमा एमालेको सांघातिक आक्रमणबाट घाईते भए । उनको लामो उपचारपछि स्वास्थ्यमा सुधार आएको थियो ।

तत्कालिन समयमा माओवादीले युद्धको समयमा सुराकीको आरोपमा माओवादीले उनलाई अपहरण ग¥यो । उनी त्यो समयमा पटक पटक अपरहणमा परिरहे । उनलाई धेरै समयमा यातना दिईयो । सधैजसो माओवादीले त्यो समयमा धम्क्याउने र विस्तापीत गराउन खोज्दा पनि अनी सधै गाँउमा नै बसिरहे ।
भरतबहादुर न्यौपाने वुवा स्व. जुद्धबहादुर न्यौपानेबाट प्ररित भएर राजनितीमा लागे । जुद्धबहादुर न्यौपाने कांग्रेसका संस्थापक नेता हुन् । उनी प्राजातान्त्रीक सेनानीको रुपमा पनि परिचीत छन् ।

उनै वुवाबाट प्रेरित भएर राजतिनी सुरु गरेका भरतबहादुर न्यौपाने २०५१ सालदेखी हालसम्म भएका प्रतिनीधी सभा सदस्यकालागि एवं स्थानीय निर्वाचनकालागि धेरै पटक नाम सिफारिस भयो तर उनलाई टिकट कहिले पनि पार्टिले दिएन । तर उनी धैर्यताका साथ निरन्तर ईमान्दारिताका साथ लागिरहे ।

बनारसको हिन्दु विश्वविद्यालयबाट स्नातक तह उतिर्ण गरेका न्यौपाने शालीन एवं ईमान्दार नेताको रुपमा परिचित छन् । नम्र स्वभावका नेता न्यौपाने आगामी मंसीर २१ गते हुने निर्वाचनमा प्रदेश सभा सदस्यको उमेद्वार बनेका छन् ।

नेपाली कांग्रेसको तर्फबाट उनी उमेद्वार बनेका हुन् । जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश २ बाट प्रदेश सभा सदस्यको उमेद्वार बनेका न्यौपाने यसपटकको निर्वाचनमा विजयी हासिल गर्ने उद्धेश्यका साथ होमीएका छन् ।
लामो समयको मेहनतको फल स्वरुप निर्वाचनमा उमेद्वार बन्ने मौका पाएका भरतबहादुर यस पटक जित हासिल गर्दै प्रदेश सभामा सांसद बन्ने दाउमा छन् । उनी आफ्नै निर्वाचन क्षेत्र नम्बरबाटै निर्वाचनमा होमीएका छन् ।

न्यौपानेको घर घोराही उपमहानगरपालिका वडा नम्बर १२ हापुर हो । उनी हापुरका लोकप्रीय नेता हुन् । हापुरबासीमाझ लोकप्रीय नेता रहेका न्यौपाने यसपटक यस क्षेत्रबाट विजयी हुने प्रायः निश्चीत छ । उनी भद्र एवं शालिन भएका कारण पनि धेरै मतदाताको रोजाईमा छन् । यसका साथै उनी सामाजिक पदमा नहुदा पनि सधै जनताको समस्या सधै अगाडी बढेर सहयोग गरे र गर्छन् पनि । उनको भनाई अनुसार सधै गोजीमा एउटा कलम र खाली पाना हुन्छ ।

किनभने कसैलाई केही समस्या परेमा केही विकासका काम आवश्यक भएको भनेर जनताबाट जानकारी आएमा निवेदन लेख्नकालागि हो त्यो पाना र कलम । लामो समयसम्म गाँउले जिवन विताउनुभएका न्यौपाने ग्रामीण भेगका बासीहरुको समस्या बुझेका न्यौपानेले चुनावी प्रचारहरुमा आफू ग्रामीण भेगको व्यक्ती रहेको भन्दै आफूलाई हरेक गाँउको समस्या अनुभव भएको र त्यो समाधान आफू विजय भएर गएपछि गर्ने बताउछन् ।

न्यौपाने यस क्षेत्रका लोकप्रीय र बलिया उमेद्वार हुन् । उनी विजयी हुने प्रायः निश्चीत जस्तै भएको मतदाताहरु बताउछन् ।
उनी जातिको हिसाबले ब्राह्मण हुन् तर उनको धेरै आत्मीयता चौधरी समुदायसँग छ । उनी विशेष गरि चौधरी समुदायमा भिजेका व्यक्ती हुन् । सानैदेखी थारु समुदायमा हुर्किएका न्यौपाने अहिले पनि थारु जाति भनेपछि हुरुक्क हुन्छन् ।

धेरै थारु अगुवाहरुसँग उनको दोस्ती नै छ । उनी थारु समुदायमा लोकप्रीय छन् । भरतलाई हापुरमा सबैले भरत बाबुको नामले चिन्छन् । हापुरबासीहरु इसपटक आफ्नो ठाँउको नेता भएकाले पनि भरतबहादुर न्यौपानेलाई विजयी बनाउने हो भनेर एकढिक्का भएर लागेका छन् । उनले आफू विजयी हुने निश्चीतजस्तै भएको बताउछन् । न्यौपानेले आफू विजयी भएर गएमा मतदाताहरुलाई भेट्न नफर्कने नेताहरुको व्यवहार भएको भन्ने मतदाताहरुको गुनासो गर्ने बाटो नराख्ने बताउछन् ।

अफू विजयी भएर गएपनि सधै मतदाताहरुको पक्षमा सँगसँगै सुखदुखमा साथ दिईरहने बताउछन् । ‘म विजयी भएर गएपनि सधै तपाईहरुको माझमा हुनेछु सबै तपाईहरुको सुखदुखमा साथ दिदै अगाडी बढ्ने छु’ न्यौपानेले आफ्नो क्षेत्रमा भएका विभिन्न कार्यक्रमहरुमा भन्ने गर्छन्–‘म चुनाव जितेर गएपछि तपाईहरुमाझ खाली हात आउने छैन, सडक नपुगेको ठाँउमा सडक लिएर आउनेछु, विजुली नभएको ठाँउमा पोल र तार लिएर आउने छु, खानेपानी समस्या भएको ठाँउमा खानेपानी योजना ल्याएर आउनेछु, सिचाई गर्ने पानी तपाईको खेतबारमिा पु¥याउनेछु ।’

न्यौपानेले आजभोली चुनावी प्रचारमा रहेका छन् । पाका नेतादेखी युवाहरुको साथमा उनी मत माग्न गाँउगाँउमा पसेका छन् । युवादेखी अग्रज पाका नेतासम्म उनी लोकप्रीय र रोजाईमा छन् ।

उनी सबै मतदाताहरुसँग आश्वासनका कुराभन्दा पनि आँफूले गर्नसक्ने कामहरुको बारेमा बढि कुरा गर्छन् । स्थानीय नेता आफू भएकाले यो क्षेत्रको विकासमा आँफू सम्वन्धीत ठाँउमा पुगेपछि यो क्षेत्रलाई समृद्ध बनाउनकालागि लागिपर्ने बताउछन् ।

उनी सबै मतदाताहरुलाई भन्छन्–‘तपाई मलाई मत दिए जिताउनुन्, म तपाईलाई विकास दिने छु । यो क्षेत्रलाई समृद्ध बनाउनकालागि म सधै लागिपर्ने छु । सधै तपाईहरुसँगै हुने छु । तपाईहरुको सुखदुखमा सधै सँगै हुनेछु ।’ न्यौपानेले मंसीर २१ गतेको निर्वाचनमा आँफू विजयी सुनिश्चीत भएको बताउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*