Home / Feature Breaking news / बम आक्रमण कम्युनिष्ठ गठवन्धनको षड्यन्त्र–नेता गिरी

बम आक्रमण कम्युनिष्ठ गठवन्धनको षड्यन्त्र–नेता गिरी

दाङ,५ मंसिर । नेपाली कांग्रेसका केन्द्रिय सदस्य दिपक गिरीले पछिल्लो समयमा भईरहेको बम आक्रमण कम्युनिष्ठ गठवन्धनको षड्यन्त्र भएको वताउनु भएको छ । नेपाली कांग्रेसले तुलसीपुर–८ स्थीत कृष्ण मन्दिरमा आयोजना गरेको कोण सभालाई सम्वोधन गर्दै पुर्व सिचाई मन्त्री समेत रहेका गिरीले निर्वाचनमा कांग्रेससंग डराएरै कम्युनिष्ट गठवन्धनले यो षड्यन्त्र रचेको आशंका व्यक्त गर्नुभयो । कांग्रेसले गरेको विकास र कांग्रेसप्रतिको माहोल देखेर कम्युनिष्टहरु अत्तालिएरै निर्वाचन प्रभावित वनाउने षड्यन्त्रमा लागेको वताउनु भयो ।
उहांले अझै पनि निर्वाचन निस्पक्ष रुपमा हुनेमा आशंका व्यक्त गर्दै निर्वाचन आयोग लगायत सरोकारवालाहरुसंग अनुरोध गर्नुभयो । गिरीले नेपाली कांग्रेस समृद्धि चाहने पार्टी भएको भन्दै विकास निमार्णका सवालमा कहिल्यैपछि नहट्ने दावी गर्नुभयो । पार्टी भएको बताउंदै अव एकमाना सरकारकालागी नेपाली कांग्रेसलाइ मत दिन आग्रह गर्नुभयो । साथै उनले पश्चिम दांगका विभिन्न विकाशे योजनाहरु पस्के । कांग्रेसबाट नेपाली कांग्रेसले जितेपछि मात्र पश्चिम दांगमा विकास भएको पनि उहांले वताउनुभयोे ।

विदेशमा आकर्षक शिक्षाको अफर आउदा समेत दांगका जनताहरुलाई समृद्ध वनाउने आफ्नो लक्ष्य भएकाले अस्वीकार गरेको वताउनुभयो । यस्तै क्षेत्र नम्वर ३ को १ तर्फका प्रदेश सभा सदस्यका उम्मेदवार डिल्लीवहादुर चौधरीले हिजो पुल र सडक भत्काउनेले विकास गर्छु भन्नु झुटको खेती भएको वताउनु भएको छ । जनताले विनास गर्नेलाई होईन विकास गर्नेलाई रोज्ने समेत चौधरीले दावी गर्नुभयो । एक अर्को प्रशंगमा श्रम तथा रोजगार राज्य मन्त्री समेत रहेका चौधरीले राजनीतिक पुर्वाग्रही भएर कम्युनिष्टहरुले मिडियाको दुरुपयोग गरिरहेकोमा दुख व्यक्त गर्नुभयो ।

आफुले कार्यकर्ताको विषयमा फोन गरेर सामान्य जानकारी गराउदा मिडियांले गलत ढंगले व्याख्या गरेको भन्दै उहांले वुझ्दै जादा उक्त मिडिया प्रोपोगाण्डाको रुपमा कम्युनिष्टहरुले चलाउने मिडिया भएको भन्दै विकास र जनताको समृद्धिका लागी काम गर्ने व्यक्तीलाई विपक्षीहरुको चुनावी प्रोपोगाण्डाले कुनै असर नपार्ने समेत दावी गर्नुभयो ।
तुल्सीपुर उपमहानगरपालिका वडा नम्वर ८ का कांग्रेस सभापति लिलामणी गौतमको सभापतित्वमा भएको सभामा वोल्दै निवर्तमान सांसद् विमला नेपालीले सवै जातजातिको अधिकार र समुन्नत दांङ वनाउन पनि कांग्रेसलाई विजयी वनाउन अपिल गर्नुभयो । सभामा कांग्रेसका क्षेत्रीय सभापति जगतवहादुर खड्का, क्षेत्र नम्वर ५ का कार्यवाहक सभापति घनश्याम ढकाल लगायतले आफ्नो धारणा राख्नु भएको थियो । ईकाइ सचिव भुप वहादुर केसीको स्वागत मन्तव्यबाट शुरु भएको कोण सभाको सहजिकरण अर्का ईकाइ सचिव किरण केसीले गर्नुभएको थियो ।
यसअघि तुल्सीपुर ९ वेलुवा, वडा नम्वर ८ को अश्वार, दंगीशरण–५ सलौरा लगायतका ठांउमा पनि कोण सभाको आयोजना भएको थियो । किसान नेता भरत वहादुर चौधरीको अध्यक्षता, कांग्रेस केन्द्रिय सदस्य दिपक गिरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कांग्रेस नेताहरु केशव आचार्य, जगत वहादुर खड्का, स्थानिय नेताहरु दामोदर आचार्य, डिल्ली आचार्य लगायतले आफ्नो धारणा राख्नु भएको थियो । कार्यक्रमको सहजिकरण गोविन्द आचार्यले गर्नुभएको थियो । यस्तै अश्वारमा आयोजित कार्यक्रमलाई कांग्रेस नेता दिपक गिरी, श्रम तथा रोजगार राज्यम मन्त्री डिल्लीवहादुर चौधरी, क्षेत्रीय सभापति जगतवहादुर खड्का, स्थानिय नेता जुद्धवहादुर खत्री लगायतले सम्वोधन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*